Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख र संसद विचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन् ।

संघीय संसद भवनमा आईतवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद र सभामुख स्वयं विचौलियाको पक्षमा उभिएपछि संसद बहिष्कार गर्नुपरेको बताएका हुन् । उनले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध जनाइरहँदा सभामुखले अन्देखा गर्दै संसद सुचारु गरेका बताए । उनले एक जना सांसदले विरोध जनाउँदा संसद चलन नसक्ने नियमावली रहेको भएपनि सभामुखले नियमावली विरुद्ध गएर संसद सुचारु गरेका बताए ।

उनले भने, ‘सभामुखले आज भिजिट भिसा प्रकरणमा नेपाली नागरिक विक्रीमा परेका छन् । सरकार स्वयं संलग्न छ भन्नेकुरा पछिल्ला तथ्य र प्रमाण्ले देखाएको छ । सफ्ठ्वेयर नै बनाएर ठगिएको छ भन्नेकुरा बाहिरिँदा पनि संसदमा हामीले यो आवाज गृहमन्त्रीको जवाफ चाहियो भनेर ३५ जना जति सांसदले आवाज उठाउँदा सभामुखले त्यो अन्देखा गर्नुभयो । सभामुख र संसद स्वयं विचौलियाको पक्षमा उभिएपछि हामीले संसद बहिष्कार गयौँ । बहिष्कार गर्नु शिवाय अर्को विकल्प छैन । किनभने यस्तो किसिमले संसद चल्दैन ।’

प्रमुख सचेतक शाहीले संसदमा उठेका आावज सम्बोधन नगर्ने भएपछि संसदभित्र बस्नुको औचित्य नरहेको बताएका छन् ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?