Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारहरु पनि गुम्नसक्ने खतरा कायम रहेको बताएका छन् ।

लामो संघर्षपछि ०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकारहरु पाएको बताउँदै पुनःबहाली भएको अधिकार सुरक्षित गर्न जरुरी रहेको बताए । प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने भन्ने सवाल अहिलेको मुख्य विषय भएको बताएका छन् । प्राप्त अधिकार भन्दा पनि अरु बढी अधिकार खोज्दा यि उपलब्धीहरु पनि गुम्ने खतरा रहेको भन्दै प्राप्त अधिकारको रक्षा गर्न जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘लामो संघर्ष गरेर ०४६ सालको जनआन्दोलनपछि फेरि हामी जनताले गुमाएको अधिकारहरु पुनःबहाली गराउन तपाईं हामी सबै मिलेर गुमेको अधिकार प्राप्त गर्न सफल भएका हौँ । लोकतान्त्रिक प्रणालीसँगै विभिन्न जनजाति, भाषाभाषीहरुको त्यसको पहिचान व्यव्स्थाले नै दिने भएकाले यो जुन व्यवस्था छ त्यस व्यवस्थाको विशेषता हामी कसैले पनि कसैको आदेशमा आएर बिर्सिनु हुँदैन । पहिला यसरी भेला गर्ने अधिकार नै प्राप्त भएको थिएन । यसरी संघ संस्थाहरु खोल्ने अधिकार प्रजातन्त्रको पुनःबहाली भइसकेपछि फेरि पाएका हौँ । हामी सबैले के बुझ्नुपर्छ भने प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने सवाल त्यो छ । प्राप्त अधिकार भन्दा पनि अरु बढी अधिकार खोज्दा यि उपलब्धीहरु पनि गुम्ने हुन् की त्यसमा कसैले केही भन्नसक्छ र ? प्राप्त अधिकारको महत्वलाई बुझ्नुपर्छ । अधिकारको कुरा मात्रै गर्ने होइन, जिम्मेवारीको कुरा पनि गर्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले अधिकारको कुरा मात्रै नगरी जिम्मेवारीवोध गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?