Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारहरु पनि गुम्नसक्ने खतरा कायम रहेको बताएका छन् ।

लामो संघर्षपछि ०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकारहरु पाएको बताउँदै पुनःबहाली भएको अधिकार सुरक्षित गर्न जरुरी रहेको बताए । प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने भन्ने सवाल अहिलेको मुख्य विषय भएको बताएका छन् । प्राप्त अधिकार भन्दा पनि अरु बढी अधिकार खोज्दा यि उपलब्धीहरु पनि गुम्ने खतरा रहेको भन्दै प्राप्त अधिकारको रक्षा गर्न जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘लामो संघर्ष गरेर ०४६ सालको जनआन्दोलनपछि फेरि हामी जनताले गुमाएको अधिकारहरु पुनःबहाली गराउन तपाईं हामी सबै मिलेर गुमेको अधिकार प्राप्त गर्न सफल भएका हौँ । लोकतान्त्रिक प्रणालीसँगै विभिन्न जनजाति, भाषाभाषीहरुको त्यसको पहिचान व्यव्स्थाले नै दिने भएकाले यो जुन व्यवस्था छ त्यस व्यवस्थाको विशेषता हामी कसैले पनि कसैको आदेशमा आएर बिर्सिनु हुँदैन । पहिला यसरी भेला गर्ने अधिकार नै प्राप्त भएको थिएन । यसरी संघ संस्थाहरु खोल्ने अधिकार प्रजातन्त्रको पुनःबहाली भइसकेपछि फेरि पाएका हौँ । हामी सबैले के बुझ्नुपर्छ भने प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने सवाल त्यो छ । प्राप्त अधिकार भन्दा पनि अरु बढी अधिकार खोज्दा यि उपलब्धीहरु पनि गुम्ने हुन् की त्यसमा कसैले केही भन्नसक्छ र ? प्राप्त अधिकारको महत्वलाई बुझ्नुपर्छ । अधिकारको कुरा मात्रै गर्ने होइन, जिम्मेवारीको कुरा पनि गर्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले अधिकारको कुरा मात्रै नगरी जिम्मेवारीवोध गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?