Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

आज मिति २०८२ साल असार ०२ गते सोमबार ,हेर्नूहोस् आजको राशिफल


आज मिति २०८२ साल असार ०२ गते सोमबार (June 16 2025)आषाढ कृष्णपक्ष,पञ्चमी, १३:३३ बजेपछि षष्ठी

अब हेर्नुहोस आजको राशिफल :-

मेष – खर्च बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा वादविवाद बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो परिणाम आउनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।

वृष – दिन रमाइलो छ। लगानी अनुसारको आम्दानी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुने दिन छ। परिवारिक मेलमिलापको दिन रहेको छ।

मिथुन– आज कर्म क्षेत्रबाट अगाडि बढ्ने समय हो। पैतृक सम्पत्ति र पितृको आशिर्वाद लिएर गरेको लगानीबाट फाइदा मिल्नेछ। शिक्षामा सफल, स्वास्थ्यमा सुधार हुनेछ। महत्तवपूर्ण काम गर्नु अगाडि गोप्यता कायम गर्नु उपयुक्त हुन्छ।

कर्कट – पठनपाठनमा मन जानेछ। वैदेशिक लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथी र आफन्तले निरन्तर साथ दिनेछन्।

सिंह – संघर्षपूर्ण दिन छ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा गरको लगानी सफल हुनेछ। परिवारको साथ पाइनेछ।

कन्या – दिन रमाइलो छ। साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

तुला – अरुको सहयोग गर्न लाग्दा आफूलाई घाटा हुने देखिन्छ। कुनै पनि काम गर्नु अगाडि परिवारसँग छलफल गर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा भने लफडा हुने देखिन्छ।

वृश्चिक – आफ्नै साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ। सहयोग गर्ने भन्दा तपाईंको कमजोरी खोज्ने साथी सक्रिय देखिन्छन्। न्यायपूर्वक गरेको श्रमको उचित मूल्यांकन हुनेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु – काम गर्दागर्दै अचानक संकट आइपर्न सक्छ। पुरानो कुराले मनमा पश्चाताप हुनेछ। थोरै बोलेर जित्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीतर्फ मन जानेछ। अचानक रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ।

मकर – आज तपाईंको जित निश्चित छ। खेल क्षेत्रमा हुनुहुन्छ भने विजय प्राप्त हुनेछ। समाजका बौद्धिक व्यक्तिसँग भेट हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। धार्मिक कार्यमा मन जानेछ।

कुम्भ – धनको दुःख नभए पनि साथीभाइको साथ गुम्दै जाने खतरा देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारलेसमेत शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्छ।

मीन – बोल्नु अगाडि तीन पटक सोच्नु राम्रो हुनेछ। बोलीको प्रभावले काम बन्नेछन्। झुटा आरोप लाग्ने खतरा रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। साढेसातको दशा भएकाले समय अप्ठेरो देखिन्छ।

राशिफलमा जे जस्तो भएपनि तपाईको दिन सुखमय रहोस्। शुभदिन ।।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?