Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा


काठमाडौँ। नेपाली काँग्रेस सांसद उदयसमशेर जबराले गृहमन्त्री रमेश लेखकमाथि आरोप नलागेकाले राजीनामा दिइरहन नपर्ने बताएका छन् ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद जबराले गृहमन्त्रीमाथि कुनै आरोप नै नलागी राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । उनले अध्यागमन र भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छ वा छैन भने अख्तियारले छानविन गरी स्पष्ट पार्ने बताए । मुख्य आरोपित गृहमन्त्री नभइ सहसचिव भएकाले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् ।

उनले भने, ‘छानविन अख्तियारले शुरु गर्नुपर्छ । मुख्य आरोपित गृहमन्त्री होइन, सहसचिव होइन । सहसचिव गृह मन्त्रालयअन्तर्गत भएको कारणले उहाँको नाम पनि जोडिएको छ । तर जोडिएको छ की छैन भनेर पुष्टि नभइकन गृहमन्त्रीको राजीनामा माग्न उपयुक्त हुँदैन । केही गरी सहसचिवको सट्टा गृहमन्त्री नै आरोपित भएको भए गृहमन्त्रीले दिनुपर्दथ्यो ।’

सांसद जबराले अख्तियारले गृहमन्त्रीलाई आरोपित गरेको खण्डमा गृहमन्त्रीको राजीनामा माग्ने पहिलो सांसद आफू हुने बताए ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?