Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने


काठमाडौँ। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमवारदेखि गोकर्ण गल्फ क्लवमा हुने भएको छ ।

सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगितासमेत रहेको सूर्य नेपाल प्रिमियर गल्फ सोमवारदेखि हुन लागेको हो । आयोजक प्रोफेसनल गल्फर एशोसिएशन अफ नेपालले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकार दियो ।

बिहीवारसम्म चल्ने प्रतियोगिता ७२ होलको प्रतिष्पर्धा हुने प्रोफेसनल गल्फर एशोसिएशन अफ नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए । ३६ होलपछि कट लागू गरिनेछ । शिर्ष २१ प्रो तथा कट बनाउने एमेच्योर गल्फले अन्तिम ३६ होलका लागि प्रतिष्पर्धा गर्न पाउनेछन् । च्याम्पियनसिपमा ३८ प्रो तथा १५ एमेच्योर गल्फरले प्रतिष्पर्धा गर्नेछन् । विजेताले तीन लाख तथा उपविजेताले एक लाख ८५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रोदेखि पाँचौं स्थानमा रहनेलाई क्रमाशः एक लाख २५ हजार, एक लाख पाँच हजार र ९२ रुपैयाँ प्रदान गरिनेछ । शीर्ष २१ भित्र पर्ने सबै गल्फरले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यस प्रतियोगितमा प्रोफेसनल गल्फर नीरज तामाङ, तोरण शाही, भुवन नगरकोटी, शुक्रबहादुर राई र सुवास तामाङलाई एमच्योर गल्फर सद्भावन आचार्य र राहुल विश्वकर्माले चुनौती दिने अनुमान गरिएको छ । यस च्याम्पियनसिपमा भुटानका भुटानका शिर्ष एमेच्योर निमदोर्जी तामाङले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ । च्याम्पियनसिपपछि शनिवार प्रो–एम स्पर्धा हुनेछ ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?