Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने


काठमाडौँ। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमवारदेखि गोकर्ण गल्फ क्लवमा हुने भएको छ ।

सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगितासमेत रहेको सूर्य नेपाल प्रिमियर गल्फ सोमवारदेखि हुन लागेको हो । आयोजक प्रोफेसनल गल्फर एशोसिएशन अफ नेपालले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकार दियो ।

बिहीवारसम्म चल्ने प्रतियोगिता ७२ होलको प्रतिष्पर्धा हुने प्रोफेसनल गल्फर एशोसिएशन अफ नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए । ३६ होलपछि कट लागू गरिनेछ । शिर्ष २१ प्रो तथा कट बनाउने एमेच्योर गल्फले अन्तिम ३६ होलका लागि प्रतिष्पर्धा गर्न पाउनेछन् । च्याम्पियनसिपमा ३८ प्रो तथा १५ एमेच्योर गल्फरले प्रतिष्पर्धा गर्नेछन् । विजेताले तीन लाख तथा उपविजेताले एक लाख ८५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रोदेखि पाँचौं स्थानमा रहनेलाई क्रमाशः एक लाख २५ हजार, एक लाख पाँच हजार र ९२ रुपैयाँ प्रदान गरिनेछ । शीर्ष २१ भित्र पर्ने सबै गल्फरले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यस प्रतियोगितमा प्रोफेसनल गल्फर नीरज तामाङ, तोरण शाही, भुवन नगरकोटी, शुक्रबहादुर राई र सुवास तामाङलाई एमच्योर गल्फर सद्भावन आचार्य र राहुल विश्वकर्माले चुनौती दिने अनुमान गरिएको छ । यस च्याम्पियनसिपमा भुटानका भुटानका शिर्ष एमेच्योर निमदोर्जी तामाङले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ । च्याम्पियनसिपपछि शनिवार प्रो–एम स्पर्धा हुनेछ ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?