
काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले इमान, निष्ठा र क्षमताका अधारमा कार्यसम्पादन गर्दा न्यायपालिका कहिल्यै बद्नाम नहुने बताएका छन् ।
शनिवार न्यायपालिका अधिकृत समाजको पाँचौ वार्षिक साधारसभाको उद्घाटन सत्रमा बोल्दै प्रधानन्यायाधीश राउतले यस्तो बताएका हुन् । उनले न्यायपालिकाप्रति सोझिएको प्रश्नको समाधानका लागि आपूले सधैँ प्रयास गरिरहेको बताए । मर्यादित, सम्मानित र प्रतिष्ठित न्यायपालिका निर्माणमा कर्मचारीको भुमिका महत्वपूर्ण रहने बताए । देशभरका न्यायालयको रेकर्ड हेर्दा कर्मचारीहरु न्यायपालिकाको आधारस्तम्भ भएको महशुस गरेको प्रधानन्यायाधीश राउतको भनाइ छ । उनले कर्मचारीहरुकै सहयोग र बलमा न्यायिक सुधार गर्ने प्रयासमा आपूरहेको पनि बताएका हुन् । उनले कर्मचारीमा उत्साह जगाउनेतर्फ आफु सधैँ सजग रहेको स्पष्ट पारे।
प्रधानन्यायाधीश राउतले भने, ‘तपाईंहरु सबै कानून र न्यायको क्षेत्रमा न्याय सेवामा आवद्ध हनुहुन्छ । न्यापलिकाको न्याय सेवा गौरवपूर्ण न्याय सेवा हो । गौरवपूर्ण न्यायसेवा हामीले बनाउन सकेका छौं । यदि त्यस्तो पहिचान बन्न सकेको छैन भने त्यसको कारण के हो ? यसको कारण खोज्ने समय भयो कि भएन । यसको समीक्षा गर्ने बेला भएन ? यदी समीक्षाले समाधान आएन भने निर्मम समीक्षा गर्नुपर्छ । तपाईहरुको अद्भुत क्षमता, तपाईंहरुको योग्यता, विक्षणता आज त्यसका लागि पनि एक्सप्लोर गर्न तपाईहरु प्रयत्नरत हुनुपर्छ । तपाईंहरुसँग जोडिने अर्को कुरा सेवा प्रवाह छ । त्यो सेवा प्रवाहमा तपाईहरु कति सन्तुष्ट हुनुहुन्छ ? मलाई भन्नुहुन्छ र यही प्रश्न तेर्साउनुहुन्छ भने मलाई सर्वोच्च अदालतले जुन जिम्मेवारी दियो । कर्मचारीदेखि न्यायाधीशसम्मको क्षमता जाँच्ने इच्छा जाग्यो तर तपार्इंहरु सबै प्रतिभावान हुनुहुन्छ । तर संस्था र नेतृत्वले परिचालन गर्न नसकेका कारण हामीले लक्ष्य प्राप्त हुन सकेको रहेनछ । तपाईंहरुले धेरै काम गर्नुभएको छ । देशको एउटा प्रधानन्यायाधीशको हकमा तपाईहरुप्रति सन्तुष्ट छु । यसनिम्ति अझ तयार हुनुपर्ने बेला भएको छ । म सन्तुष्ट हुने मानकहरु छन् । जस्तो मुद्दा फछ्र्यौटमा के भयो ? मुद्दा व्यवस्थापनमा के भयो ? परिणाम आयो कि आएन ? अल्टिमेट सबै ठाउँमा परिणाम आएको छ । निराश हुनुपर्ने कुरा पनि छैन । म निराश छैन । तर मलाई गम्भीर समस्या कहाँ परेको छ भने तपाईंहरुलाई उत्साही बनाउन सकिन कि भन्ने लाग्छ । तालिम, वृत्ति विकास या विदेश भ्रमण या अध्ययन केही न केही त पक्का छ । प्रेरित गर्ने प्रसंगहरुलार्ए हामीले प्रक्रिया शुरु गरेका छौं चाँडै रिजल्ट आउँछ । म हिजोआज कर्मचारीमा उत्साह जगाउनेतर्फ सजग रहेको छु । हामी अहिले न्याय सेवामा छौं । न्याय सेवामा भएका कारण हाम्रो स्थिति कस्तो छ भने दुनियाँले हामीलाई कसरी हेरेको छ । किनभने यो संस्था जनआस्थामा टिक्ने हो । कुनै कालखण्डमा सर्वोच्च अदालतमा निर्वाचनको मुद्दा पाँच वर्ष कटेपछि मात्रै फैसला भएको थियो । तपाईंहरु न्यायपालिकाको आधारस्तम्भ हो । तपाईंहरुकै सहयोग र बलमा न्यायिक सुधार गर्छु भनेर हिडेको छु त्यसबाट पनि भएन भने अन्तिम अवस्था भनेको नैतिकतामात्रै हो । न्यायपालिकामा सधैं मेरो भुमिका हुँदैन तर भुमिकामा भएको समयमा मैले केही गर्न सकिन भने त्यसको कुनै अर्थ हुँदैन । त्यसकारण हामीप्रति सोझिएको प्रश्नको समाधान गर्ने प्रयासमा छु । त्यसैले निःसन्देह तपाईंहरुको योगदान हेर्दा हामी मर्यादित सम्मानित र प्रतिष्ठित न्यायपालिकाको कर्मचारी बन्दा सबैको शीर सधैं उच्च रहन्छ । एक पटक हामीले इमान र निष्ठासँगै क्षमतालाई फ्युजन गराएर कार्यसम्पादन ग¥यौं भने न्यायपालिका कहिलै बद्नाम हुँदैन ।’
उनले न्यायपालिकाका अधिकृतहरुको हितमा मात्र केन्द्रित नभई विधिको शासनको रक्षा र न्यायिक अक्षुणता कायम राख्नेतर्फ ध्यान दिन आग्रह गरे ।
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार