Trending
>>   सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन >>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह >>   बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला >>   मौसम : यी ३ प्रदेशका केहि स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्यायोः सांसद गिरी >>   काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु >>   बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छः सांसद कार्की >>   गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति चाहिन्छः सन्तोष परियार
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

अमेरिकी पुनरावेदन अदालतद्वारा ट्रम्पको कर पुनःस्थापित


काठमाडौँ। अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पारस्परिक कर र अन्य शुल्कहरूलाई अमान्य घोषित गरेको एक दिनपछि संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको व्यापार अदालतको निर्णयलाई अस्थायी रूपमा रोक्ने अनुरोधलाई स्वीकृत गरेको छ ।

अन्तर्राष्ट्रिय व्यापार अदालतले बुधबार जारी गरेको फैसला यस अदालतले प्रश्ताव पत्रहरू विचार गर्दासम्म अर्को सूचना नभएसम्म अस्थायी रूपमा स्थगित गरिएको पुनरावेदन अदालतले आफ्नो आदेशमा भनेको छ ।

अमेरिकी संघीय सर्किट पुनरावेदन अदालतले ट्रम्पको कर पुनस्र्थापित गर्न प्रशासनलाई केही सास फेर्न ठाउँ दिएको स्थानीय मिडियाले रिपोर्ट गरेको छ । अन्तर्राष्ट्रिय व्यापार अदालतका न्यायाधीशहरूले ट्रम्पले कर लागू गर्न प्रयोग गरेका अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनले राष्ट्रपतिहरूलाई यस्तो असिमित अधिकार प्रदान नगर्ने बताए ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?