
काठमाडौँ। उत्तरी स्पेनी क्षेत्र अस्टुरियासमा बिहीवार एउटा गोदाम भत्किँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय आपतकालीन सेवाहरूकाअनुसार घटना स्थानीय समय अनुसार दिउँसो १ बजे प्रान्तको पश्चिमी भागमा रहेको लगभग ३ हजार बासिन्दाहरू बस्ने शहर को आना नजिकै भएको छ।
पशुपालन फार्ममा निर्माणाधीन गोदामको छत अचानक ढलेको हो । प्रहरीले भत्किनुको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरेका छन् । दुर्घटना हुँदा घटनास्थलमा जम्मा नौ जना उपस्थित थिए । तीन जना सकुशल भाग्न सफल भए भने एक जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार