Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

नारायणकाजी श्रेष्ठको आह्वानः देशलाई बनाउने भए फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुस्


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशलाई बनाउने भए पुनः एकपटक नेकपा (माओवादी केन्द्र) लाई बहुमतको सरकार बनाउने गरी समर्थन गर्न आह्वान गरेका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताए । उनले आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पुर्याउन पनि जनसंघर्षमा सामेल हुनेगरी सहयोग गर्नुपर्ने बताए । पछिल्लो समय पार्टीका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य रहेको बताएका छन् । उनले पार्टी प्रवेशको लहर पनि बढेको दाबी गरे । भ्रष्टाचारीलाई रक्षा गर्न र भ्रष्टाचार गर्ने प्रक्रिया थप अघि बढाउन माओवादी केन्द्र नेतृत्वको सरकार ढालेको आरोप लगाए । उनले अहिलेको सरकार भ्रष्ट र निरंकुस सरकार रहेको जिकिर गरे ।

उनले भने, ‘हामीले जनतालाई अपिल गरेका छौँ की यो देशलाई बनाउने हो भने तपाईंहरुले फेरि नेकपा (माओवादी केन्द्र) लाई एक पटक बहुमतको सरकार बनाउने गरी समर्थन गर्नुपर्छ । यो पार्टीलाई सशक्त बनाउन पनि तपाईंहरुले सहयोग गर्नुपर्छ । र आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पुर्याउन पनि जनसंघर्षमा सामेल हुनेगरी सहयोग गर्नुपर्छ । हाम्रो कार्यक्रमहरुमा जनताको सहभागिता राम्रो भएको छ । पार्टी प्रवेशको लहर बढेको छ ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामहरु रोक्ने प्रयत्न भइरहेको बताए । संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो पूरा गर्न दबाब दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?