Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

गाजामा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीको मृत्यु


एजेन्सी। प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार आईतवार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणमा कम्तिमा ३३ प्यालेस्टिनीको मृत्यु भएको छ ।

दर्जनौं घाइते भएका छन् । नासेर अस्पतालले एक प्रेस विज्ञप्तिमा भनेको छ कि इजरायली हवाई आक्रमणको श्रृंखलावद्ध रूपमा दक्षिणी गाजापट्टी शहर खान युनिसमा कम्तिमा १० जनाको मृत्यु भएको छ । प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार खान युनिसमा पनि आफ्नो घर पुग्ने प्रयास गर्दा एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । यसका साथै खान युनिसको दक्षिणमा प्यालेस्टिनीहरूको भेलामा इजरायली ड्रोन आक्रमणमा पाँच प्यालेस्टिनीको मृत्यु भएको स्रोतहरूले बताएका छन् ।

उत्तरमा अल–शिफा अस्पतालले एक विज्ञप्तिमा भनेको छ कि इजरायली सेनाले बेइत लाहिया क्षेत्रमा नागरिकहरूलाई लक्षित गरेपछि सात जनालाई अस्पतालमा स्थानान्तरण गरिएको छ । अर्को आक्रमणमा दक्षिणी गाजापट्टी शहर रफाहमा रहेको सहायता वितरण केन्द्र नजिकै दुई जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा स्रोतहरूका अनुसार मध्य गाजा पट्टीमा रहेको सहायता वितरण केन्द्र नजिकै अन्य तीन जनाको मृत्यु भएको छ । मध्य गाजा पट्टीको नुसेरातमा, एउटा अपार्टमेन्टलाई लक्षित गरी गरिएको तोपखाना आक्रमणमा एक प्यालेस्टिनीको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन् । इजरायली सेनाले अहिलेसम्म यी घटनाहरूमा कुनै टिप्पणी गरेको छैन । मार्च १८ मा, इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको छ ।

इजरायलले आफ्नो तिब्र आक्रमणहरू नवीकरण गरेदेखि कम्तिमा ५ हजार ७१ प्यालेस्टिनीहरू मारिएका छन् । १६ हजार ७ सय जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५५ हजार ३ सय ६२ पुगेको छ र १ लाख २८ हजार ७ सय ४१ जना घाइते भएका छन् ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?