Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

गाजामा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीको मृत्यु


एजेन्सी। प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार आईतवार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणमा कम्तिमा ३३ प्यालेस्टिनीको मृत्यु भएको छ ।

दर्जनौं घाइते भएका छन् । नासेर अस्पतालले एक प्रेस विज्ञप्तिमा भनेको छ कि इजरायली हवाई आक्रमणको श्रृंखलावद्ध रूपमा दक्षिणी गाजापट्टी शहर खान युनिसमा कम्तिमा १० जनाको मृत्यु भएको छ । प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार खान युनिसमा पनि आफ्नो घर पुग्ने प्रयास गर्दा एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । यसका साथै खान युनिसको दक्षिणमा प्यालेस्टिनीहरूको भेलामा इजरायली ड्रोन आक्रमणमा पाँच प्यालेस्टिनीको मृत्यु भएको स्रोतहरूले बताएका छन् ।

उत्तरमा अल–शिफा अस्पतालले एक विज्ञप्तिमा भनेको छ कि इजरायली सेनाले बेइत लाहिया क्षेत्रमा नागरिकहरूलाई लक्षित गरेपछि सात जनालाई अस्पतालमा स्थानान्तरण गरिएको छ । अर्को आक्रमणमा दक्षिणी गाजापट्टी शहर रफाहमा रहेको सहायता वितरण केन्द्र नजिकै दुई जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा स्रोतहरूका अनुसार मध्य गाजा पट्टीमा रहेको सहायता वितरण केन्द्र नजिकै अन्य तीन जनाको मृत्यु भएको छ । मध्य गाजा पट्टीको नुसेरातमा, एउटा अपार्टमेन्टलाई लक्षित गरी गरिएको तोपखाना आक्रमणमा एक प्यालेस्टिनीको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन् । इजरायली सेनाले अहिलेसम्म यी घटनाहरूमा कुनै टिप्पणी गरेको छैन । मार्च १८ मा, इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको छ ।

इजरायलले आफ्नो तिब्र आक्रमणहरू नवीकरण गरेदेखि कम्तिमा ५ हजार ७१ प्यालेस्टिनीहरू मारिएका छन् । १६ हजार ७ सय जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५५ हजार ३ सय ६२ पुगेको छ र १ लाख २८ हजार ७ सय ४१ जना घाइते भएका छन् ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?