Trending
>>   एसईईको नतिजा यसै वर्ष सुधार हुन्छः प्रधानमन्त्री ओली >>   नेपाल विद्युत प्राधिकरण कठिन अवस्थामा छः हितेन्द्रदेव शाक्य >>   विपद् जोखिम न्युनिकरण र श्रोतहरुको दिगो उपयोग सरकारको प्राथमिकतामा: अर्थमन्त्री पौडेल >>   विगतमा प्रतिपक्षीको भुमिकामा रहेकाहरुको प्रभावमा परेर अहिलेका प्रतिपक्षले संसद अवरोध गरेः सांसद शर्मा >>   २०८१ पुसदेखि चैत्रसम्म ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी >>   पत्रकारविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गर्नु दुःखद्ः सांसद रिजाल >>   भ्रष्टाचार रोक्नका लागि उच्चस्तरिय छानविन समिति बनाउनुपर्छः सांसद बेलबासे >>   अहिले पत्रकारितामा साँचो र झुटो छुट्याउन गाह्रो भइरहेको छः सभामुख घिमिरे >>   भिजिट भिसा प्रकरणलाई लिएर उद्योग समितिमा सांसदहरुबीच चर्काचर्की >>   पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाउँछुः सभापति देउवा
Logo
३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत


काठमाडौँ । सरकारले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरुलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत दिने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका छन् । उनकाअनुसार वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रक्रिया अघि बढाइने बताए । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो यात्रु चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी बुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हवमा विकास गर्ने बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमीकहरुको लागि किफायती हुनेगरी सञ्चलनमा ल्याउन विमानस्थलमा आवश्यक सुविधा उपलब्ध गराइने बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?