Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

विपद् जोखिम न्युनिकरण र श्रोतहरुको दिगो उपयोग सरकारको प्राथमिकतामा: अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपद् जोखिम न्युनिकरण र श्रोतहरुको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्याधिक संवेदनशील देशको रुपमा नेपाल रहेको बताए । उनले सार्वजनिक संस्थानहरुको सुदृढिकरण, जवाफदेहिता र प्रभावकारितामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् । बलिया संस्थाहरुले मात्र विकास लक्ष्यलाई वास्तविक रुपमा रुपान्तरण गर्नसक्ने जिकिर गरे । सार्वजनिक वित्त व्यवस्थापन खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न प्रतिवद्ध रहेको बताए ।

उपप्रधानमन्त्री पौडेलले भने , ‘प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्याधिक संवेदनशील देशको रुपमा हामी रहेकोले विपद्को तयारी, जोखिम न्युनिकरण र श्रोतहरुको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने अवस्था छ । यि क्षेत्रमा प्राप्त हुने सहयोगले हामीलाई सुरक्षित भविष्य निर्माणमा मद्दत गर्नेछ । सार्वजनिक संस्थानहरुको सुदृढिकरण, जवाफदेहिता र प्रभावकारितामा सेपिएफले जोड दिएको विषयलाई म स्वागत गर्न चाहन्छु । बलिया संस्थाहरुले मात्र विकास लक्ष्यलाई वास्तविक रुपमा रुपान्तरण गर्न सक्छन् । हामी सार्वजनिक वित्त व्यवस्थापन खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न प्रतिवद्ध छौँ ।’

उपप्रधानमन्त्री पौडेलले प्रक्रियागत सरलीकरण गरी आयोजनाहरु समयमै प्रभवाकारी रुपमा कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएका छन्।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?