Trending
>>   आज मिति २०८२ साल असार ०३ गते मंगलबार ,हेर्नूहोस् आजको राशिफल >>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी >>   बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल >>   संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार >>   सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन >>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने


काठमाडौँ। बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने भएको छ ।

हालै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै नगद मौज्दात अनुपात ७० प्रतिशत रकम दैनिक रुपमा राख्नुपर्ने व्यवस्थालाई परिवर्तन गरेको हो । केन्द्रिय बैंकले संशोधित निर्देशिकाअनुसार अब अनिवार्य नगद मौज्दातको न्युनतम ९० प्रतिशत रकम दैनिक रुपमा राख्नुपर्नेछ ।

कुल निक्षेपको कुल चार प्रतिशत राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, ग वर्गका संस्थाहरुले अनिवार्य रुपमा राष्ट्र बैंकमा राख्नुपर्ने पहिलेकै व्यवस्थामा अहिले निर्देशिका संशोधन गरेर राष्ट्र बैंकले हिस्सा बढाएको हो । हाल बैंक, वित्तीय संस्थासँग ६९ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप छ ।

त्यसको सीआरआर कायम गर्न २ खर्ब ७६ अर्ब रुपैयाँ हाराहारीमा छुट्टयाउँदै आएकोमा १ खर्ब ९३ अर्ब रुपैयाँ केन्द्रिय बैंकमा राख्दै आएका छन् । अब भने केन्द्रिय बैंकमा २ खर्ब ४८ अर्ब रुपैयाँ राख्नुपर्नेछ । यसले गर्दा बजारमा रहेको अधिक तरलतामा केही कम हुने राष्ट्र बैंकले अपेक्षा गरेको छ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?