Trending
>>   जटिल बनेको बेरोजगारी समस्या हटाउन योजनाको चाङ, बजेट न्युन >>   माओवादीले छेपारो झैँ रङ फेर्यो, हामी सदन चल्न दिँदैनौँः राप्रपा >>   माओवादीले झुक्यायो, आन्दोलन जारी रहन्छः रास्वपा >>   संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने रास्वपाको कार्यशैलीमा अल्झिएर बस्न सक्दैनौँः एमाले >>   संसदलाई अवरुद्ध गर्नु जनताको अधिकार वन्धक बनाउनु होः काँग्रेस >>   केन्याद्वारा ६ हजार अवैध हतियार नष्ट >>   इजरायलमा इरानी रकेट आक्रमणबाट ३ जनाको मृत्यु, १७२ घाइते >>   एयर इण्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७४ पुग्यो >>   बंगलादेशसँग बिजुली विक्री शुरू : ४० मेगावाट विद्युत व्यवसायीक रूपमा पहिलो पटक निर्यात >>   आज मिति २०८२ साल असार ०१ गते आइतबार ,हेर्नूहोस् आजको राशिफल
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना नभएसम्म आन्दोलन रोकिँदैनः कमल थापा


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्रको स्थापना नभएसम्म राजावादीहरुको आन्दोलन नरोकिने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्ला १८ वर्षको बीचमा देशले कहलाीलाग्दो अवस्था भोग्नुपरेको बताएका छन्। अहिले देशमा केही सिमित राजनीतकि दलका सिमित नेताहरुले सिण्डिकेट खडा गरेर देशमा व्रह्मलुट मच्चाएको आरोप लगाउदै उनले केही सिमित नेताहरुले राज्य सत्ता कब्जा गरेर सर्वसत्तावादी ढंगबाट देशमा शासन चलाइरहेको बताएका छन् । सिमित नेताहरुले आपसमा भागबण्डा गरेर राज्य संयन्त्रमा कब्जा मात्रै नभइ भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् ।

अध्यक्ष थापाले भने, ‘भोलिदेखि हाम्रो आन्दोलन शुरु हुँदैछ । कहिले अन्त्य हुन्छ भनेर हामीले भनेका छैनौँ । त्यतिबेला अन्त्य हुन्छ, जतिबेला नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापित हुन्छ । यो १८ वर्षको बीचमा देशले कहलाीलाग्दो अवस्था भोग्नुप¥यो । अहिले देशमा केही सिमित राजनीतकि दलका सिमित नेताहरुले सिण्डिकेट खडा गरेर देशमा व्रह्मलुट मच्चाएका छन् । केही सिमित नेताहरुले राज्य सत्ता कब्जा गरेर सर्वसत्तावादी ढंगबाट देशमा शासन चलाइरहेका छन् । सिमित नेताहरुले आपसमा भागबण्डा गरेर राज्य संयन्त्रमा कब्जा मात्रै होइन, भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् ।’

अध्यक्ष थापाले न्याय दिनुपर्ने सरकारले नै नागरिक बेचिरहेको आरोप लगाएका छन्।


प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?