Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एयर इण्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७४ पुग्यो


एजेन्सी। गुजरातको अहमदाबाद विमानस्थल नजिकै बिहीवार भएको एयर इण्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७४ पुगेको छ । जसमा ३३ जनाको जमिनमै मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा मृत्यु भएको पुष्टि भएका २ सय ४१ यात्रु र चालक दलका सदस्यहरू भन्दा बढीको मृत्युले अन्य ३३ जना पीडितहरू अहमदाबादको बीजे मेडिकल कलेजको क्याम्पसमा रहेका व्यक्तिहरू भएको देखाएको छ ।

भारत सरकारले एयर इण्डिया दुर्घटनाको छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । जसको नेतृत्व गृह सचिवले गर्नेछन् र यसमा राज्य र केन्द्र सरकारका सहसचिव पदभन्दा कमका प्रतिनिधिहरू हुनेछन् ।

समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन प्रकाशित गर्नेछ । पश्चिमी भारतीय शहर अहमदाबादबाट लण्डनका लागि उडान भरेको एयर इण्डियाको बोइङ ७८७–८ विमान एआई–१७१ बिहीवार उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । जसमा २ सय ४१ जनाको मृत्यु भयो भने एक जना मात्र बाँच्न सफल भएका छन् ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?