Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने रास्वपाको कार्यशैलीमा अल्झिएर बस्न सक्दैनौँः एमाले


काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसक्ने बताएका छन् ।

सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदलाई लामो समय अनिर्णयको वन्धी बनाउन नसकिने भन्दै रास्वपाले जनताका मुद्दा संसदमा राख्न नदिने काम गरिरहेको बताए । उनले संसद आजबाट आफ्नो नियमावलीअनुसार अघि बढ्ने शोक प्रश्ताव राख्दा पनि वेल घेराउ गरिरहनु शहीदप्रतिको अपमान भएको जिकिर गरेका छन् । सरकारी बिजनेसमाथिको विरोध गर्नु जायज भएपनि शोक प्रश्ताव राख्दा समेत विरोध गर्नुले संसदको मर्यादा गिराएको बताए । अशोभनीय व्यवहार र प्रवृत्ति संसदमँ देखिनु राम्रो नभएको बताए ।

उनले भने , ‘संसदमा लामो समयसम्म यस प्रकारको अवरोध मात्रै कायम राखिरहने, यस प्रकारको मनशायबाट हिँडिरहने उहाँहरुको कार्यशैलीमा हामी सधैँ अल्झिन सक्दैनौँ । हाउस आफ्नो विधानबमोजिम अघि बढ्छ । आजदेखि हाउस नियमित प्रक्रियाबाट अघि जान्छ । सभामुखज्युले शोक प्रश्ताव राख्दा पनि उहाँहरु वेल घेराउको क्रममा रहनुभयो । त्यो प्रक्रिया सामान्यतया एउटा शोक प्रश्ताव भनेको एउटा सम्मान हो । त्यतिबेला उहाँहरुले आसन ग्रहण गर्नुपर्दथ्यो । वेल घेराउ भनेको त सरकारी बिजनेसमाथिको विरोध हो । सरकारी बिजनेस कार्यसूचिबाट हटिसकेपछि पनि वेल घेराउ गर्ने, प्लेकार्ड बोकेर वेल घेराउमा बस्ने । डायरीले टेबल ठटाउने जस्ता अशोभनीय व्यवहार गर्नुभयो । यस्तो प्रवृत्ति संसदमा देखिनु राम्रो होइन ।’

प्रमुख सचेतक बर्तौलाले संघीय निजामति लगायतका महत्वपूर्ण विधेयकहरु आजको संसद बैठकबाट अघि बढाइने जानकारी दिए ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?