Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

बंगलादेशसँग बिजुली विक्री शुरू : ४० मेगावाट विद्युत व्यवसायीक रूपमा पहिलो पटक निर्यात


काठमाडौँ। नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत व्यवसायीक रूपमा पहिलो पटक निर्यात शुरू गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात शुरू गरिएको हो ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले आजबाट विद्युत बंगलादेशलाई निर्यात गर्नुले देश समृद्धिको दिशामा बढेको बताउदै उनले नेपाल तेस्रो मुलुक विद्युत निर्यात गर्ने दक्षिण एशियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक क्षण भएको बताएका छन् ।

मन्त्री खड्काको पहलमा नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा विद्युत बेच्ने सम्झौता भएको थियो । उर्जामन्त्री खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानबीच संयुक्त रूपमा स्विच अन गरी विद्युत निर्यातको उद्घाटन काठमाडौंमा गरिएको थियो । सो सम्झौताअनुसार हरेक वर्षायामको ५ महिना अर्थात हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली विक्री गर्ने सम्झौता भएको थियो । सो सम्झौतासँगै आजबाट बंगलादेश विद्युत निर्यात गर्न लागिएको हो । यसअघि सम्झौता भएसँगै १ दिन विद्युत विक्री गर्दा प्राधिकरण ४ लाख ७० हजार युनिट बिजुली विक्री गरिएको थियो । यसबाट ३० हजार ८० डलर आम्दानी भएको प्राधिकरण जनाएको छ । यसअघि नेपाल र भारतबीच मात्र विद्युत व्यापार हुँदै आएको थियो ।

नेपालमा उत्पादित विद्युत भारतको प्रसारण संरचना हुँदै बंगलादेशलाई विक्री गर्न लागिएको हो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रशारण लाइन ढल्केबर–मुजफ्फरपुर ४०० केभीमार्फत विक्री गर्न लागिएको हो । मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रशारण लाइन हुँदै बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रशारण लाइनमार्फत विद्युत बंगलादेश पुग्नेछ ।

विद्युत प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुनेछ । ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म अर्थात ५ वर्षसम्म बंगलादेश निर्यात गर्ने सहमति भएको छ भने भारतले सरकारले पनि प्रशारण लाइनको प्रयोग गर्न स्वीकृति दिएको हो ।

नेपालमा वर्षायाममा बढी भएको विद्युत मध्ये ४० मेगावाट विद्युत पाँच वर्षसम्म अमेरिकी डलरमा बंगलादेशलाई विक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत विक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी यसअघि नै सम्झौता भइसकेको छ ।

प्राधिकरणले मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै व्यहोर्ने सहमति छ । नेपालले निर्यात गरेको बिजुलीको बक्यौतासमेत बंगलादेशस्थित बंगलादेश पावर डेभलपमेण्ट बोर्ड (बीपीडीबी) ले शुल्क तिर्नेछ ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?