Trending
>>   सङ्घीयता आवश्यक छ तर बोझिलो भयोः स्वास्थ्यमन्त्री पौडेल >>   शिक्षकसँगको सम्भता दायाँ,बायाँ नगरी शिक्षा विधेयक टुंग्याउँछौँः महामन्त्री शर्मा >>   शिक्षा क्षेत्रमा पठनपाठनको होइन, सिकाईको संकटः महामन्त्री थापा >>   आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो प्रहार गर्ने बहुमतका कार्यकर्ता पक्राउ >>   संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक >>   जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउन सक्दैन, आन्दोलन जारी छः कमल थापा >>   शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक >>   २ सय भन्दा बढी यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना >>   शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छः प्रधानमन्त्री ओली >>   अनुदान र कानूनी सुधारमार्फत काठमा आत्मनिर्भरता खोज्दैछौँः मन्त्री ठकुरी
Logo
२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेस प्रदेश सरकारको सरसफाई कार्यक्रम


काठमाडौँ।गणतन्त्र दिवस २०८२ को पूर्वसन्ध्यामा मधेस प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानून मन्त्रालयले आफ्नो परिसरमा सरसफाई गर्यो ।

गणतन्त्र दिवसको सन्देश जनस्तरसम्म प्रभावकारी ढंगले पुर्याउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखी स्वयं उपस्थित रहेर नेतृत्व गरे। कार्यक्रममा मन्त्रालयका गृह सचिव विमलप्रसाद बराल, प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, कर्मचारीहरू, नीति आयोगकी सदस्य डा. शिला मिश्रा, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। गृहमन्त्री लेखीले गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सिमित नराखी जनस्तरसम्म पुर्याउन यस्ता रचनात्मक कार्यक्रमहरूको आवश्यकता औंल्याउँदै, गणतन्त्रको मूल्य र पत्रकारिताको भूमिकालाई जोडेर जनमाझ सशक्त सन्देश प्रवाह गरिने जानकारी दिएका छन्।

यसै क्रममा गृह मन्त्रालयले जेठ १५ गते प्रदेशभरिका प्रेस स्वतन्त्रता सेनानीहरूलाई औपचारिक रुपमा सम्मान गर्ने कार्यक्रमको आयोजना गरेका छन । निरङ्कुश शासनविरुद्ध पत्रकारितामार्फत आवाज उठाउँदै लोकतन्त्रको जग मजबुत पार्न योगदान पुर्याउने सञ्चारकर्मीहरूलाई समर्पित उक्त कार्यक्रम ऐतिहासिक हुने बताइएको छ ।


प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?