Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संसद अवरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही समय यता संसद अवरोध रहेको र संसदको अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको जिकिर गरे । उनले केही प्रतिपक्षी दलहरुले नियोजित रुपमा षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राखेर लागि परेको बताए । अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित रहेको बताए ।

गृहमन्त्री लेखकले भने, ‘केही समयदेखि संसद अवरोध भएको छ । यो संसदको अवरोध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । संसदको अवरोधका पछाडि सबै प्रतिपक्ष दललाई म दोष दिन्न तर प्रतिपक्षमा रहेका केही मानिसहरु नियोजित ढंगले, राजनीतिक षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राख्ने काम भएको छ । यो अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित छ । यसका पछि कुनै अर्थ र औचित्य छैन । यो अवरोध चाँडै हट्नुपर्छ ।’

गृहमन्त्री लेखकले संसदको अवरोध चाँडै हट्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?