Trending
>>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

शिक्षा क्षेत्रमा पठनपाठनको होइन, सिकाईको संकटः महामन्त्री थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले शिक्षा क्षेत्रमा पठनपाठनको नभइ सिकाईको संकट रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्यालय शिक्षा विधेयबाट यसको समाधान हुने बताए । उनले अबको दशका शिक्षा विकासको दशक भएको उल्लेख गर्दै अब माथिल्लो स्तरमा पुग्न जरुरी रहेको बताए । त्यसका लागि कक्षाकोठा भित्रको सिकाइ नबदीलकन सम्भव नरहेको जिकिर गरे । परिवर्तनको संवाहक शिक्षक भएकाले एउटा नयाँ जोशका साथ विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले भने, ‘हाम्रो अहिलेको संकट भनेको पठनपाठनको संकट होइन, सिकाईको संकट हो । यो विधेयकबाट कानून बनिसकेपछि अब हाम्रो अपेक्षा शिक्षा विकासको दशक हो । हामी नेपालीहरु लो इन्कमबाट माथि उठिसकेको छैनौँ । त्यसका निम्ति हाम्रो कक्षाकोठा भित्रको सिकाइ नबदीलकन सम्भव छैन । त्यो परिवर्तनको संवाहक शिक्षक साथीहरु हो । यो कानून बनिसकेपछि हाम्रो शिक्षक संघको नेतृत्वमा देशभर शिक्षक पेशामा लागेका साथीहरुले एउटा नयाँ जोशका साथमा हाम्रो विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्छ । र नयाँ एउटा क्रान्तिको तपाईंहरुले नेतृत्व गर्नुपर्छ । हाम्रो विधान संशोधन गर्दैगर्दा फरक फरक क्षेत्र, पेशा, व्यवसायका साथीहरुलाई नेपाली काँग्रेस पार्टीभित्र आफ्नो अनुभव लिएर आउने कुरामा प्रेरित गर्न चाहन्छौँ ।’

महामन्त्री थापाले अहिले राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाए ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?