Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्ने बताएका छन् ।

बालुवाटारमा बिहीवार भएको काठमाडौं विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षामा आमुल परिवर्तन गर्न जरुरी रहेको बताए । उनले शिक्षामा भइरहेको असन्तुलित बजेट विनियोजनमा पुनः विचार गर्नुपर्ने बताएका छन् । मेडिकल स्वास्थ्यमा धेरै बजेट विनियोजना गर्ने र इन्जिनियर लगायत अरु विषयमा बजेट कम भइरहेको बारेमा पनि पुनःविचार गर्न जरुरी रहेको बताए । शिक्षालाई आम जनताको पहुँचमा पुर्याउन जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले एजुकेसनको सन्दर्भमा आमुल परिवर्तन गर्नुपर्नेछ । केही केही धेरै नमिलेका कुराहरु छन् । मेडिकल एजुकेसनमा ७५ प्रतिशत स्कलरसिप दिएका छौँ । र ४५ देखि ५० लाखको खर्च व्यहोर्ने, अब हामी थप गेटा खोल्दैछौँ । त्यहाँ फेरि विद्यार्थीको ७५ प्रतिशत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोटा बढाउँदैछौँ । अरु स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु खोल्दैछौँ । अरु विश्वविद्यालयहरु खोल्दैछौँ । त्यसो भएपछि स्वास्थ्य शिक्षमा खासगरी युजीमा हामीले दिने गरेका छाँै । धेरै असन्तुलित र एकतर्फ बजेट बेस्सरी खन्याउने र अर्कोतर्फ शिक्षा के भइरहेको छ भन्नेकुरामा बढी ध्यान नजाने कुरा भइरहेको छ, यसमा पुनःविचार गर्नैपर्छ । कति सक्छौँ हामी ? अरु इन्जिनियर पढ्नेलाई किन नदिने ? स्कलरसिप । अरु विधा पढ्नेलाई किन नदिने ? डाक्टर मात्रै भएर समाज चल्छ र ? डाक्टर मात्रैलाई सुविधाका साथ उत्पादन गर्ने अरु उत्पादन नगर्ने कुरा हुँदैन । अरु सबै शिक्षाले पनि कति कति प्राप्त गर्न सक्छन्, त्यसलाई हेरेर आम जनताको एक्सेसभित्र छोराछोरी सबैले पढाउन सकुन्, त्यहाँ सुविधा पुर्याउन सकियोस् भन्नेकुरा एक्सेसभित्र एजुकेसन पुर्याउनुपर्छ । एजुकेसनलाई मोर्डन टेक्नोलोजीयुक्त र जीवन उपयोगी बनाउनुपर्छ । बेरोजगार जन्माउने विगतको नहोस् । विगतको कुरालाई सच्याउनुपर्छ । अनुत्पादक र बेरोजगार खालको निकम्भा बनाउनु हुँदैन ।’

प्रधानमन्त्री ओलीले कुनै एउटा विषयमा मात्रै लगानी गरेर समाज चल्न नसक्ने जिकिर गरे ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?