Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो प्रहार गर्ने बहुमतका कार्यकर्ता पक्राउ


काठमाडौँ। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारूमाथि बिहीवार इजलासमै कालोमोसो छ्यापिएको छ ।

नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ । मोसो छ्याप्ने सिरहा, सप्तरी र प्युठानका एक एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिए । प्रहरीकाअनुसार सेवाग्राहीको भेषमा नेकपा (बहुमत) का कार्यकर्ता अदालत प्रवेश गरी न्यायाधीशको इजलासमा पुगेका थिए । यो घटना नेपाली काँग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने निर्णयसँग जोडिएको छ । न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले गत जेठ १४ गते आलमलाई सफाइ दिने फैसला गरेको थियो ।

आलममाथि २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई इँटा भट्टामा जलाएको गम्भीर आरोप लागेको थियो । जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि कारागारमा रहेका आलमलाई उच्च अदालतले सफाइ दिएपछि उनी रिहा भएका थिए । तर रिहाइ लगत्तै मस्तिष्कघातका कारण उनी अस्पताल भर्ना भएका छन् ।

आलमलाई सफाइ दिने निर्णयपछि न्यायाधीश थारू र महर्जन विवादमा परेका छन् । उनीहरूमाथि न्याय परिषद्मा उजुरी समेत परेको छ । यो घटनाले न्यायिक स्वतन्त्रता र सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?