
काठमाडौँ। पाकिस्तानको राष्ट्रिय सभाले बिहीवार सर्वसम्मतिले सिन्धु जल सन्धि निलम्वन गर्ने भारतको प्रयासको निन्दा गर्दै एक प्रश्ताव पारित गरेको छ । जसमा यो कदमलाई अन्तर्राष्ट्रिय सम्झौताहरूको उल्लङ्घन र क्षेत्रीय स्थिरताको लागि खतरा भनिएको छ । प्रश्तावले सन्धिलाई पाकिस्तानको लागि महत्वपूर्ण जीवनरेखाको रूपमा वर्णन गरेको छ । भारतलाई एकतर्फी रूपमा सन्धि निलम्वन गर्ने कुनै कानूनी अधिकार छैन भनेर जोड दिएको छ ।
प्रश्तावले पाकिस्तानी सरकारलाई सांसदहरूले भारतीय उत्तेजना भनेर वर्णन गरेको कुराको प्रतिरोध गर्न कूटनीतिक र कानूनी उपायहरू अपनाउन आग्रह गरेको छ । यसले वाह्य चुनौतीहरूको सामना गर्दा आफ्नो सार्वभौमसत्ता र महत्वपूर्ण हितहरूको रक्षा गर्ने देशको दृढ संकल्पलाई पनि पुनः पुष्टि गरेको छ । १९६० मा हस्ताक्षर गरिएको सिन्धु जल सन्धि दुई छिमेकीहरूबीच सिन्धु नदी र यसका सहायक नदीहरूमा उपलब्ध पानी प्रयोग गर्न पानी वितरण सम्झौता हो ।
अप्रिलमा भारत नियन्त्रित कश्मीरमा अज्ञात बन्दुकधारीहरूले गोली हानी मारेका कम्तीमा २५ भारतीय पर्यटकहरूको मृत्युपछि भारतले एकतर्फी रूपमा सन्धि निलम्वन गरेको थियो। भारतले उक्त आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ भने पाकिस्तानले उक्त दाबीलाई कडाइका साथ अस्वीकार गरेको छ ।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार