Trending
>>   बजेट यथार्थपरक छ, अर्थतन्त्र चलायमान हुन्छः अर्थमन्त्री पौडेल >>   बजेटमा रकम बिनाका शिर्षक राखियोः राजेन्द्र पाण्डे >>   निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो बजेट आएनः रवि सिंह >>   बजेट उत्ताउलो र गैरजिम्मेवार छैनः रास्वपा >>   बजेट परम्पराको निरन्तरतामात्रै होः पूर्व अर्थमन्त्री शर्मा >>   बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छः विनोद चौधरी >>   पाँच दलद्वारा संघीय गणतान्त्रिक गठबन्धनको घोषणा >>   मदिराजन्य आयातमा लाग्दै आएको भन्सार महशुल दरमा वृद्धि >>   बजेट पुरातनवादी छः प्रमुख सचेतक शाही >>   सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौनः पूर्वअर्थमन्त्री महत
Logo
१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अनेकताभित्र एकता खोज्नु नै संसदीय व्यवस्थाको सौन्दर्य भएको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सांसदहरुबीच मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा रहे पनि विविधता भित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्य भएको बताउदै संसदीय व्यवस्थाको सौन्दर्यले अनेकतालाई चौडा पारेर असहमतिको बाटोतिर मुलुकलाई नलैजाने जिकिर गरेका छन् । मन्त्री पन्तले संसद्मा चर्काचर्की बहस गर्ने र संसद बाहिर सँगै बसेर चिया खाने गरेको बताउँदै संसदको भित्रको चर्काचर्कीलाई कतिपयले नाटकको रूपमा लिने गरेको बताउदै संसद्मा देखिने नाटक नै हो भन्दै संसारभरका कवि तथा लेखकहरूले व्यङ्ग्य गर्ने गरेको बताउँदै यो नै संसदीय प्रणाली तथा प्रक्रियाको विशेषता र सौन्दर्य रहेको जिकिर गरेका छन् ।

उनले भने, “हाम्रा मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा छन् । संसदीय व्यवस्थाको सौन्दर्य के हो भन्दा खेरी त्यसले अनेकताभित्र एकता खोज्छ । विविधता भित्र एकता खोज्छ । अनेकतालाई चौडा पारेर असहमतिको बाटोतिर मुलुकलाई लैजाँदैन । हाम्रो देख्छौँ नि त, हाम्रो क्यारेक्टर कस्तो भन्दा खेरी तिमिहरू नाटक गर्छौं कि क्या हो भनेर मेरो भतिजाले सोध्थ्यो । भित्र चर्काचर्की बहस गर्ने, बाहिर तिनीहरू नै बसेर चिया खाने, भित्रको त नाटक होला नि भन्थ्यो । मान्छेहरूलाई त्यो पनि पर्न सक्छ । कतिपय त्यसमा संसारभरका कवि तथा लेखकहरूले व्यङ्ग्य पनि गरेर लेखेका छन्, फुल हाउसमा देखाउने यिनीहरूको नाटक हो भनेर । तर, संसदीय प्रणाली र प्रक्रियाको विशेषता पनि त्यही हो र सौन्दर्य पनि त्यहीँ हो ।”

उनले आफूहरू संसदीय विशेषता र सौन्दर्यताको गहिराइमा जानुपर्नेमा समेत जोड दिएका छन् ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?