Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छः विनोद चौधरी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले बजेटमा बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् ।

आर्थिक वर्ष २०८२/८३ का लागि बिहीवार संसद्मा अर्थमन्त्री विष्णु पौडेलले प्रश्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै सांसद चौधरीले बजेटमा व्यवसायसँग सम्बन्धित केही सकारात्मक प्रयासहरू भएको प्रतिक्रिया दिएका छन् उनले बजेटमार्फत सरकारले विदेशमा लगानी गर्न चाहने नेपालीहरूले स्वेट सेयर लिन पाउने व्यवस्था स्वागतयोग्य रहेको बताए । उनले होटल व्यवसायमा लामो समयदेखि बढ्दो विद्युत महसुलको समस्या समाधानतर्फ पनि बजेट केन्द्रित रहेको बताउदै सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने जनशक्तिका लागि नेपालमै वातावरण सिर्जना गर्ने प्रयास समेत सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् छन् ।

उनले भने, ‘विदेशमा लगानी गर्नको लागि आफ्नो सिप, आफ्नो मेहेनत, बेच्न पाएको अवस्थामा स्वेट सेयर लिन पाउने व्यवस्था बजेटले गरेको छ । होटेलमा वर्षौंदेखि विद्युत महसुल बढि थियो । त्यसलाई पनि यो बजेटले सम्बोधन गरेको छ । यसलाई व्यवसायीको हिसाबले मैले सकारात्मक रुपमा लिएको छु । आइटीको क्षेत्रमा काम गर्ने मान्छेलाई नेपालमा आएर काम गर्ने वातारण समेत यस बजेटले बनाइदिएको छ ।’

बजेटले मुलुकको अर्थतन्त्र उकास्नेदेखि पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने खालको रहेको सांसद चौधरीको भनाइ छ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?