Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बजेट परम्पराको निरन्तरतामात्रै होः पूर्व अर्थमन्त्री शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता मात्र भएको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री समेत रहनुभएका शर्माले बजेट देशको आर्थिक समस्या समाधान गर्ने खालको नआएको बताए ।

उनले भने, ‘लेख्ने विषयहरु सबै लेखिएकै छन् । तिनै कुराहरु दोहोरिने हो, कपिपेष्ट गर्ने हो । अहिले एउटा कुरा नाराहरु कम रहेछन् । खेलमा त्यति विकास गर्ने त भन्नुभयो तर खेलकुद गर्न दिनैहुन्न समस्या यस्ता छन् । तर अहिले नेपालको अर्थतन्त्रको जुन समस्या छ त्यसलाई समाधान गर्न समग्र अर्थ प्रणालीकै पुर्नसंरचना गर्नुपर्छ । तर त्यो पुर्नसंरचना गर्ने स्तरबाट आएन ।’

उनले देशको अर्थतन्त्रको समस्या समाधान गर्न समग्र अर्थ प्रणालीकै पुनःसंरचना गर्नुपर्ने भएपनि त्यस स्तरबाट नआएको बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?