Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बजेटमा रकम बिनाका शिर्षक राखियोः राजेन्द्र पाण्डे


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेटमा रकम बिनाका शिर्षक राखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेटमा केही पपुलिस्ट कुराहरु पनि आएको बताउदै धेरै कुराहरु अव्यवहारिक रहेको गुनासो गरेका छन् । उनले प्राथमिकता दिन खोजेका कुराहरु राम्रोसँग प्राथमिकता नदिएको र रोजागारी सिर्जना गर्ने कुरामा ध्यान नदिइएको आरोप लगाएका छन् ।

उनले भने, ‘बजेटमा केही पपुलिस्ट कुराहरु आएका छन् । धेरै अव्यवहारिक छन् । केहीमा व्यवस्था गरेको छु भनेको रकम छैन । शिर्षक राखेको छ । रकम छैन । प्राथमिकता दिन खोजेका कुराहरु राम्रोसँग प्राथमिकता दिन खोजेको देखिएन । रोजागारी सिर्जना गर्ने कुरामा ध्यान दिइएको छैन ।’

वरिष्ठ उपाध्यक्ष पाण्डेले बजेटको कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?