Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

बजेट उत्ताउलो र गैरजिम्मेवार छैनः रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेस भएको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै उपसभापति वाग्लेले नेपालको अर्थतन्त्रको आकार ६१ खर्बको अनुमान गरिएको उल्लेख गर्दै पाँच प्रतिशत आर्थिक वृद्धि र साढे पाँच प्रतिशत मुद्रास्फीतिलाई जोड्दा ६७ खर्बसम्म अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरेका छन् । उनले सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता भएको भएको समेत बताए । अगामी आर्थिक वर्ष समेत बजेट भाषणको बेला ठुलो आकारमा बजेट फुक्ने र मागमा गएर सुकाउने पुरानो रोगको शिकार हुने चिन्ता रहेको समेत उपसभापति वाग्लेको भनाइ छ ।

उनले भने, ‘सरकारले आज १९ खर्ब ६४ अबको बजेट जुन पेश गरेको छ त्यो धेरै उत्ताउलो र गैरजिम्मेवार छैन भन्ने टिप्पणी हाम्रो छ । पछिल्लो समय राष्ट्रिय योजना आयोगले हाम्रो अर्थतन्त्रको आकार ६१ खर्बको जुन इकोनोमी प्रोजेक्ट गरेको छ । त्यसलाई ५ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको मुद्रास्फिती जोडेर साढे ११ प्रतिशतको वद्धि गर्ने हो भने यो बजेटको समापन हुँदासम्म ६७ खर्बको नेपाल सरकारको अर्थतन्त्र हुन्छ । त्यसैले अर्थमन्त्रीज्युले जुन पेस गर्नुभएको बजेटलाई हामीले धेरै गैरजिम्मेवार मानेका छैनौँ । यद्यपी भूकम्पपछि उकालो उकालो लागेर ठूलो आकारमा बजेट फुक्ने अनि मागमा गएर सुकाउने पुरानो रोगको शिकार हुन्छ कि भन्ने चिन्ता चाँही हामीलाई छ ।’

सरकारले ल्याएको बजेट उत्ताउलो नभएपनि १६ खर्बभन्दा बढी खर्च हुने आधारहरु नरहेको उपसभापति वाग्लेको टिप्पणी छ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?