Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

बजेट यथार्थपरक छ, अर्थतन्त्र चलायमान हुन्छः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अब अर्थतन्त्र चलायमान हुने दाबी गरेका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबैको साथ भए अर्थतन्त्र चलायमान बन्ने जिकिर गर्दै बजेटले शुरु भएका कामहरु सम्पन्न गर्ने कुरामा जोड दिएको बताए । उनले कार्यान्वयनका सन्दर्भमा जहिले पनि चुनौतिपूर्ण हुने भन्दै चुनौति पन्छाउँदै कार्यान्वयन हुनसक्ने गरी नै बजेट प्रश्तुत गरिएको र बजेट निजी क्षेत्रको मनोबल, आत्मविश्वास गर्ने, लगानी वृद्धि गर्ने सबै दृष्टिकोणले अनुकुल रहेको बताएका छन् ।

उनले भने, ‘बजेटले शुरु भएका कामहरु सम्पन्न गर्ने कुरामा फोकस छ । कार्यान्वयनका सन्दर्भमा जहिले पनि चुनौतिपूर्ण हुन्छन् । तर चुनौति पन्छाउँदै कार्यान्वयन हुनसक्ने गरी नै बजेट प्रश्तुत गरेको छु । यो बजेट कार्यान्वयनका दृष्टिकोणले प्रभावकारी ढंगले कार्यान्वयन हुन्छ । यो बजेट निजी क्षेत्रको मनोबल, आत्मविश्वास गर्ने, लगानी वृद्धि गर्ने सबै दृष्टिकोणले अनुकुल छ ।’

उपप्रधानमन्त्री पौडेलले बजेट यथार्थपरक रहेको बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?