Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो बजेट आएनः रवि सिंह


काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो नआएको बताएका छन् ।

संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट नियमित किसिमको जस्तै आएको टिप्पणी गर्दै उनले २० प्रतिशत विकास बजेटको पुँजीगत खर्च गर्नेकुरा कार्यान्वयन भए राम्रो हुने बताए । उनले कागजी बजेट नभइ कार्यान्वयन गर्नसके समर्थन गर्नुपर्ने बताए ।

उनले भने, ‘यो नियमित किसिमको जस्तै भयो । निर्माण क्षेत्रले जस्तो अपेक्षा गरेको थियो, त्यो निर्माण क्षेत्रलाई सम्पूर्ण रुपमा समेट्छ भनेर नीति तथा कार्यक्रमलाई रिफ्लेक्ट गर्छ भन्ने जुन अपेक्षा थियो, हामीले सोचेको कुनै कुरा सम्बोधन भएन । २० प्रतिशत विकास बजेटको पुँजीगत खर्च छ, कार्यान्वयन योग्य बनायो भने राम्रो हुन्छ । कागजी बजेट नभइ कार्यान्वयन नै गर्ने, नीति तथा कार्यक्रममा दुई आर्थिक वर्षमा यि योजनाहरु सम्पन्न गर्ने लक्ष्य लिएको छ, त्यही लक्ष्यअनुरुप बजेट आएको छ भने समर्थन गर्नुपर्छ ।’

अध्यक्ष सिंहले निर्माण क्षेत्रका केही कुरा पनि समेट्न नसकेको बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?