Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बजेट पुरातनवादी छः प्रमुख सचेतक शाही


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले निर्देशिकामा आउने कुराहरु बजेटमा आएको आरोप लगाएका छन् ।

आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रश्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक शाहीले राष्ट्र बैंकले निर्देशिकाले ल्याउने कुराहरु बजेटमा ल्याइएको आरोप लगाएका छन् । उनले बजेट विगतका वर्षहरुमा आएजस्तै पुरातनवादी नै भएको र नयाँ केही नभएको भन्दै काम गर्नका लागि कर्मकाण्डी रुपमा आएको बताए ।

उनले भने, ‘यो बजेटमा निर्देशिकामा आउने कुरा बजेटमा आएको छ । राष्ट्र बैंकले निर्देशिकामा ल्याउने कुराहरु बजेटमा ल्याइएको छ । बजेट पुरातनवादी नै छ केही नयाँ छैन । काम गर्नका लागि एउटा कर्मकाण्ड हो बजेट पनि कर्मकाण्डी नै छ ।’

उनले काम गर्नका लागि कर्मकाण्डी बजेट ल्याएको आरोप लगाएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?