Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

हिमालदेखि महासागरसम्मको सोच जरुरीः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि महासागरसम्मको सोच जरुरी रहेको बताएका छन् ।

शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमालहरु विश्वका विभिन्न वार्ताहरुमा उपेक्षित हुने गरेको भन्दै हिमाललाई नबिर्सिन विश्वसँग खबरदारी गरेका छन् । उनले हिमालले नै जलवायु सन्तुलन राख्ने र पानीको भण्डारण गर्ने बताउदै जीवन र विश्व बचाउन शाहसी र एकीकृत दृष्टिकोण चाहिएको बताएका छन् । हिमालहरू उपयुक्त सम्मानका हकदार रहेको पनि बताउदै उनले स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्ने, जलवायु–उत्थानशील बालीहरू बढाउनुपर्नेमा जोड दिएका छन् । उनले जोखिम मूल्याङ्कन बलियो बनाउन विश्वका नेताहरुसँग आह्वान पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी हिमाललाई नबिर्सौं । विश्वका वार्ताहरूमा तिनीहरू प्रायः जसो उपेक्षित हुन्छन् । तर तिनैले जलवायु सन्तुलन कायम राख्छन् । तिनैले पानीको भण्डारण गर्छन् । तिनैले जमिनलाई पुनःसिञ्चित गर्छन् । तिनैले जीवनको रक्षा गर्छन् । जब हिमाल पग्लिन्छन् — उपत्यकाहरू पीडित हुन्छन् । नदीहरू सुक्छन् । बालीहरू नष्ट हुन्छन् । सागरहरू उर्लन्छन् । जीवन विखण्डित हुन्छ । हिमालय—हाम्रो तेस्रो ध्रुव—विश्व औसतभन्दा छिटो तात्दैछ । हिमनदीहरू हराउँदैछन् । हिमतालहरू फैलिंदैछन् । तटीय क्षेत्रका करोडौं मानिसहरू—जोखिममा छन् । हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ । हिमालदेखि महासागरसम्मको सोच चाहिएको छ । हिमालहरू उपयुक्त सम्मानका हकदार हुन् । हामीले ध्यान दिनुपर्छ । विशेष वित्तीय सहयोगसहित । तदनुकूलका नीतिहरू सहित । हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ । जलवायु–उत्थानशील बालीहरू बढाउनु पर्छ । महिला र युवालाई अगाडि ल्याउनु पर्छ । र विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ । आउनुस् जोखिम मूल्याङ्कन बलियो बनाऔं । पूर्वसूचना प्रणाली निर्माण गरौं । डाटा साझेदारी गरौं । सीमापार सहकार्य मजबुत पारौं । र सबैभन्दा महत्वपूर्ण—हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आवद्ध गरौं । यसरी नै हो—दीगो उत्थानशीलता बढाउने । यसरी नै हो—पृथ्वीको सम्मान गर्ने । र यसरी नै हो—हाम्रो साझा भविष्य जोगाउने ।’

प्रधानमन्त्री ओलीले साझा भविष्य जोगाउन सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?