Trending
>>   बजेट यथार्थपरक छ, अर्थतन्त्र चलायमान हुन्छः अर्थमन्त्री पौडेल >>   बजेटमा रकम बिनाका शिर्षक राखियोः राजेन्द्र पाण्डे >>   निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो बजेट आएनः रवि सिंह >>   बजेट उत्ताउलो र गैरजिम्मेवार छैनः रास्वपा >>   बजेट परम्पराको निरन्तरतामात्रै होः पूर्व अर्थमन्त्री शर्मा >>   बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छः विनोद चौधरी >>   पाँच दलद्वारा संघीय गणतान्त्रिक गठबन्धनको घोषणा >>   मदिराजन्य आयातमा लाग्दै आएको भन्सार महशुल दरमा वृद्धि >>   बजेट पुरातनवादी छः प्रमुख सचेतक शाही >>   सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौनः पूर्वअर्थमन्त्री महत
Logo
१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

फरक विचार राखेकै आधारमा दमन गर्ने भए सरकारले औपचारिक रूपमा भनिदेओस्, हामी विद्रोहमा जान्छौंः अध्यक्ष लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले फरक विचार भएकै आधारमा दमन गरिरहेको भन्दै आपत्ति जनाएका छन्  ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले फरक विचार बोकेकै आधारमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधरमाथि दमन गरिरहेको भन्दै आपत्ति जनाएका छन्  । उनले हिन्दु राष्ट्रको समर्थन, राजसंस्थाको पक्षधरता, संघीयताविरोधी विचार राख्ने नागरिकहरूलाई लक्षित गरेर सरकारले दमन गरिरहेको आरोप लगाएका छन्  । देशमा सुशासनको माग गर्नेहरूलाई प्रताडित गर्ने हो भने सरकारले खुलेर बिद्रोहमा जाउ भन्नुपर्ने उनको तर्क छ ।

उनले भने, ‘आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बाहानामा पक्राउ गर्दै लाने हो भने सरकारले औपचारिक रुपमा भनिदियोस् । कि हामी बिद्रोहमा जाउँ । राप्रपाले र राजा मान्छु भन्नेहरुले, हिन्दु राष्ट्र मान्छु भन्नेहरुले, संघीयता मान्दिन प्रदेश खारेज हुनुपर्छ भन्नेहरुले, देशमा सुशासन कायम हुनुपर्छ भन्नेहरुले यसरी प्रताडित हुनुपर्ने हो भने सरकारले भनिदिनुपर्यो हामी बिद्रोहमा जान्छौं । बिद्रोहमा जाउ, जङ्गल पस भन्नुपर्यो ।’

उनले सरकारले मानव अधिकार र संविधानले व्यवस्था गरेको सुविधाविरुद्धका क्रियाकलपा गरिरहेको भन्दै भत्र्सना गरेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका थुनामा रहेका नेता, कार्यकर्ताहरुलाई बिना सर्त रिहा गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?