Trending
>>   १२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित >>   “पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? शक्ति कसको बढी ? पीडा कसको गहिरो ?” >>   नर्सहरुसँग आईसीयूमै बरबराउँदैछन् आलम भन्छन् -“हो मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ?” >>   विदेशीएका विद्यार्थीको मानसिकता बुझाउन: ‘कथा र संवाद: मनका लागि यात्रा’ >>   अडिटरहरूको पहिचान र सम्मानको विषयमा राज्य उदासीनः अध्यक्ष पौडेल >>   बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको छ, कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छः अध्यक्ष चन्द्रप्रसाद ढकाल >>   मधेस प्रदेश सरकारको तीन दिने गणतन्त्र दिवसको कार्यक्रम सम्पन्न >>   मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न सक्नुपर्छः मन्त्री पन्त >>   मुलुकमा द्वन्द्वपीडितको प्रतिनिधित्व गर्ने कोही छैनः पूर्वअध्यक्ष भट्ट >>   आयोगको सूचना सबै पालिकामा पुगोस्ः अध्यक्ष थापा
Logo
१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना


काठमाडौँ। नेपाल राष्ट्र बैंककी का.मु. गभर्नर निलम ढुङ्गानाले नेपाली अर्थतन्त्र अहिलेको प्रमुख आवश्यकता उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नु रहेको बताएकी छिन्

नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ढुंगानाले यसका लागि बैंकिङ एवं बीमा क्षेत्रले एकआपसमा सहकार्य गर्दै उत्पादनशिल क्षेत्रमा लगानी अभिवृद्धि गर्दै जानुपर्ने बताउदै उनले लगानी र उद्यमशीलताको सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य देखिएको बताएकी छिन् । उनकाअनुसार बीमा क्षेत्रको विकासमा प्रविधिको भुमिका धेरै प्रभावकारी हुने भएकाले नेपाली बीमा कम्पनीहरुमा डिजिटल प्लेटफर्म, मोबाइल एप, आर्टिफिसल इन्टेलिजेन्स जस्ता प्रविधिहरुको माध्यमबाट बीमा दाबी प्रक्रिया, प्रिमयम संकलन, ग्राहक सेवा तथा जोखिम मूल्यांकन जस्ता कार्यहरु अझ प्रभावकारी हुनेछ ।

उनले भनिन्,‘बीमा क्षेत्रको विकासमा प्रविधिको भुमिका अत्यन्तै प्रभावकारी हुन्छ । नेपाली बीमा कम्पनीले डिजिटल प्लेटफर्म, मोबाइल एप, आर्टिफिसल इन्टेलिजेन्स जस्ता प्रविधिहरु प्रयोगमा ल्याउनुपर्छ । सोको माध्यमबाट बीमा दाबी प्रक्रिया, प्रिमयम संकलन, ग्राहक सेवा तथा जोखिम मूल्यांकन जस्ता कार्यहरु अझ प्रभावकारी हुनेछ । जसबाट बीमा व्यवसायले प्रवाह गर्ने सेवालाई गुणस्तरीय, छिटो पारदर्शी, सुलभ एवंम विश्वासशिलो बनाउन सकिनेछ ।’

का.मु. गभर्नर ढुङ्गानाले नियमनकारी निकायको हैसियतले पनि बीमा प्राणिकरणले बीमा सम्बन्धि सुरक्षाका मामिलामा अझ बढी ध्यान दिनुपर्ने बताएकी छिन् । उनका अनुसार बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी समयमै मिलाउने व्यवस्था सुनिश्चित गर्नसक्नुपर्छ । त्यसो गर्नसके बीमाप्रति जनताको विश्वास बढेर जानेछ । जनताले दुर्घटना, प्रकृतिक विपत्जस्ता संकटको बेला समयमै दाबी भुक्तानी पाएमा सकारात्मक सन्देश प्रवाह हुनेछ र अरुलाई पनि बीमा गर्न प्रोत्साहन मिल्ने ढुङ्गानाको भनाई रहेको छ ।

नेपालमा बीमा व्यवसाय तथा यसले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन बीमा शिक्षा, बीमा व्यवसाय प्रवद्र्धन तथा बिमितको हकहितको संरक्षणसम्बन्धि कार्यमा थप जोड दिन जरुरी रहेको उनले बताइन्। ढुंगानाकाअनुसार बीमलाई हरेक आर्थिक क्रियाकलापको अभिन्न अंगका रुपमा अघि बढाउनुपर्ने अहिलेको आवश्यकता छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?