
काठमाडौँ। भारतको उध्र्वाम्नाय काशी सुमेरु पीठाधीस्वर जगतगुरु शंकराचार्य अनन्तश्री विभूषित स्वामी नरेन्द्रानन्द सरस्वती जी महाराजले पाल्पाको वसन्तपुरस्थित कामाख्यादेवी मन्दिर दर्शन र पूजा आराधना गरेका छन् ।
नेपालका धार्मिक स्थलहरूको भ्रमणको क्रममा शंकराचार्यले बिहीबार कामाख्या मन्दिर दर्शन गरेका हुन्। मन्दिर दर्शनपछि शंकराचार्यले कामाख्या देवीको दर्शनले जीवनमा शक्ति आर्जन हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वास रहेको बताएका छन् । कामाख्या देवीको उपासनाले मनोकामना पूरा हुने शंकराचार्यको भनाई थियो ।
शंकराचार्यले बसन्तपुर निकै सुन्दर स्वच्छ, शान्त र शितल ठाउँ भएको उल्लेख गर्दै हिन्दु धर्मावलम्बीहरू एक पटक पुग्नै पर्ने बताएका छन् ।
प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहीबार