Trending
>>   १२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित >>   “पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? शक्ति कसको बढी ? पीडा कसको गहिरो ?” >>   नर्सहरुसँग आईसीयूमै बरबराउँदैछन् आलम भन्छन् -“हो मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ?” >>   विदेशीएका विद्यार्थीको मानसिकता बुझाउन: ‘कथा र संवाद: मनका लागि यात्रा’ >>   अडिटरहरूको पहिचान र सम्मानको विषयमा राज्य उदासीनः अध्यक्ष पौडेल >>   बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको छ, कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छः अध्यक्ष चन्द्रप्रसाद ढकाल >>   मधेस प्रदेश सरकारको तीन दिने गणतन्त्र दिवसको कार्यक्रम सम्पन्न >>   मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न सक्नुपर्छः मन्त्री पन्त >>   मुलुकमा द्वन्द्वपीडितको प्रतिनिधित्व गर्ने कोही छैनः पूर्वअध्यक्ष भट्ट >>   आयोगको सूचना सबै पालिकामा पुगोस्ः अध्यक्ष थापा
Logo
१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै २ कम्पनीसहित १८ प्रतिवादी बनाइ मुद्दा दर्ता


काठमाडौँ। अख्तियार दुरुपयोग अुनसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै १६ जना र २ कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । जसमा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद मोहन बस्नेत समेत रहेका छन्। विशेष अदालतका शाखा अधिकृत प्रकाशनारायण श्रेष्ठकाअनुसार पूर्वमन्त्री बस्नेतसहित सेवानिवृत्त दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशक पदमा कार्यरत सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, सन्दीप अधिकारीविरुद्ध मुद्दा दर्ता भएको हो । यस्तै, उपनिर्देशक अच्युतानन्द मिश्र, विजयकुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । यस्तै प्रतिवादीहरुमा जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ, तेज प्रसाद खरेल रहेका छन् ।

उनले भने, “टेरामक्स खरीद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अुनसन्धान आयोगले हालसालै विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसका प्रतिवादीहरु १८ जना हुनुहुन्छ । त्यसमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालिन मन्त्री हाल प्रतिनिधि सभा सदस्य माननीय मोहनबहादुर बस्नेत, सेवानिवृत्त दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली, टीका प्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशक पदमा कार्यरत सुरेन्द्रलाल हाडा, दीपेश आचार्य, संदिप अधिकारी,उपनिर्देशक अच्युतानन्द मिश्र, विजय कुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, जमाल अनौती, एजेन्ट दिलिपकुमार गुरुङ, तेजप्रसाद खरेल रहेका छन् ।”

उनीहरुविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिएको अदालतले जनाएको छ ।


प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?