Trending
>>   बजेट यथार्थपरक छ, अर्थतन्त्र चलायमान हुन्छः अर्थमन्त्री पौडेल >>   बजेटमा रकम बिनाका शिर्षक राखियोः राजेन्द्र पाण्डे >>   निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो बजेट आएनः रवि सिंह >>   बजेट उत्ताउलो र गैरजिम्मेवार छैनः रास्वपा >>   बजेट परम्पराको निरन्तरतामात्रै होः पूर्व अर्थमन्त्री शर्मा >>   बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छः विनोद चौधरी >>   पाँच दलद्वारा संघीय गणतान्त्रिक गठबन्धनको घोषणा >>   मदिराजन्य आयातमा लाग्दै आएको भन्सार महशुल दरमा वृद्धि >>   बजेट पुरातनवादी छः प्रमुख सचेतक शाही >>   सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौनः पूर्वअर्थमन्त्री महत
Logo
१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने


काठमाडौँ। आगामी जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन् । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ । समूह दशमा रहेका सांसदहरुले जेठ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउन समेत सभामुख घिमिरेले आग्रह गरेका छन् ।

प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरुले प्रश्न सोध्न सक्नेछन् ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?