
काठमाडौँ। आक्र्स ग्रुपले स्वयम्भू हारती टूर्स एण्ड ट्राभललाई चौध सिट क्षमताको १८ वटा जुबाओ भ्यान हस्तान्तरण गरेको छ ।
सोमवार आर्यन्या बुटिक होटल नागपोखरिमा एक कार्यक्रमको आयोजना गरी ट्राभल्सलाई उक्त भ्यान हस्तान्तरण गरेको हो । चीनमा निर्मित उक्त भ्यान अत्याधुनिक इलेक्ट्रोनिक गाडी भएको आक्र्स ग्रुपले जनाएको छ । विशेष गरी समूह यात्रा, सटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त हुने बताइएको छ । पर्यावरणमैत्री र सस्तो सञ्चालन खर्चका साथ आरामदायी यात्राका लागि उपयुक्त हुने आक्र्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् । उनले आक्र्स ग्रुपको पूर्ण प्रतिवद्धतासात जुबाओ भ्यान नेपाली बजारमा प्रस्तुत गरिएको जानकारी दिएका छन् ।
उनले भने, ‘हामीले धेरै हेरौं, यसको बढी, वनावटलगायत धेरै सुविधा भएकोले धेरै मिहिनेत गरेर ल्याएका हौं । यसमा ११ र १४ सिट छ । उहाँहरुले १८ वटा एकै पटक लिने र अन्य ठाउमा पनि चलाउने भनेर लिनुभएको छ । अरु विस्तार गर्दै जाने योजना रहेको छ । इभी हामीलाई किन चाहियो भने वातावरण संरक्षणमा यसले महत्वपूर्ण योगदान दिन्छ । हाम्रो सडकको अवस्थाअनुसार पनि सहजीकरण भइरहेकोले इभीलाई महत्व दिनुपर्छ । यदि इभिको भन्सार बढ्यो भने अहिले आइरहेको राजश्व आउँदैन, फेरि पेट्रोल, डिजेल गाडिको जस्तै अवस्था हुन्छ ।’
स्वयम्भू हारती टुर्स एण्ड ट्राभलका सञ्चालक उज्जन महर्जनले जुआवो भ्यान आरामदायी र आकर्षक लागेकोले आफुहरुले खरिद गरेको जानकारी दिंदै मुख्य कुरा यो १४ सिटमा उपलब्ध भएको र नेपालको सडक सुहाउँदो भएको बताएका छन् । भ्यानमा अन्य केही समस्या नदेखिएको र यसमा यात्रा गर्दा आरामदायी हुने विश्वास आफुले लिएको जानकारी दिएका छन् ।
उनले भने, ‘कर्मसियलका लागि हामीले यो भ्यान लिएका हौं । रेन्ज र लुकसमेत आकर्षक भएकाले हामीले यो गाडी रोजेका हौं । अब नेपालमा क्लियरेन्सको समस्या छ । कमर्सियलका लागि यो नै उपयुक्त हो । मेन चाहिँ १४ सिटर त्यसमा पनि नयाँ भएकाले हामीले यसैलाई रोजेका छौं । र, यो हाम्रो सडक अवस्थाअनुसार पनि यो आरामदायी भएको महशुस गरेको छ ।’
अध्यक्ष श्रेष्ठले भ्यानले यातायातको गुणस्तर सुधार गर्दै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने र नेपाललाई दिगो हरित भविष्यतर्फ अघि बढाउन मद्दत गर्ने जानकारीसमेत दिएका छन् ।
प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार