Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

२३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष कार्की


काठमाडौँ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले पुँजीको अभावका कारण आइपिओको पर्खाइमा रहेका ५६ वटा आइपिओहरु आएन भने सरकारले लिएको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले बताएका छन् । उनले अहिले पुँजीको अभावले २३ महिनदेखि झन्डै ५६ वटा आयोजनाहरु आइपिओको पखाइमा रहेको बताए । उनले समयमै आइपिओ नआए सरकारले लिइको विद्युत उत्पादनको लक्ष्य (२८ हजार ५ सय मेगावाट) पूरा हुन नसक्ने जिकिर गरे । बजेटमा धेरै राम्रा कुराहरु आएपनि उर्जा क्षेत्र अघि बढ्न नसक्ने हो धी भन्ने शंका रहेको बताए ।

उनले भने, ‘पुँजीको अभावले अहिले झन्डै ५६ वटा आयोजनाहरु आइपिओको पर्खाइमा छन् । २३ महिना भन्दा लामो समयदेखि पखाईमा छन् । साँच्चै नै त्यो समयमा आइदिएन भने यो लक्ष्य पूरा हुन सक्नेछैन । जतिसुकै राम्रो कुरा आएपनि उर्जा क्षेत्र अघि नबढ्ने हो की भन्नेकुरा छ । खपतको आधारमा पिपिए गर्दै जाने भनिसकेपछि नेपालमा कति खपत हो । हामी त १५ सय मेगावाट उत्पादन गरेर लोड सेडिङ मुक्त देश हो की भन्ने लागिरहेका छौँ । थुप्रै इण्डस्ट्रीले बिजुली पाएन भनिरहेका छन् । हामी बिजुली धेरै भयो भनिरहेका छौँ । रन अफ द रिभर (आरओआर) प्रोजेक्टहरुलाई टेक एण्ड पेमा पिपिए गर्ने भनिसकेपछि आजको डेटा हेर्दा र नेपाल सरकारको उद्देश्य हेर्दा फरक खालको हो की भन्ने लाग्छ ।’

अध्यक्ष कार्कीले झन्डै १७ हजार मेगावाट भन्दा बढीका आयोजनाहरु रन अफ द रिभरका रहेको जिकिर गरे । यसमा उनले करिव ६६ खर्ब लगानी भइसकेको बताए । चाहेको बेलामा मात्रै बिजुली किनिदिने हो भने बैंकले लगानी नगर्ने जस्तो अवस्था देखिएको बताए।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?