Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल


काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको लिएको सही राजनीतिरुपी शरीरमा विज्ञताको मांशपेशी भर्नसकेमात्रै सुन्दर नेपाल बनाउन सकिने बताएका छन् ।

शनिवार काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेले लिएको उद्देश्यअनुसार अघि बढ्नसके मात्रै देश समृद्ध र सुन्दर बन्ने जिकिर गरे । उनले बुद्धिजीविहरुले आफ्नो ज्ञान बाँडेर मुलुकलाई समृद्ध बनाउनसक्ने बताए । एमालेले विगतमा कमजोरी गरेर अहिले आक्रमण भइरहेको भन्ने नसोच्न आग्रह गर्दै एमालेले लिएका सही अडान र हितमाथि आक्रमण भइरहेको बताए । राष्ट्रिय हित, स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएका कारण एमालेमाथि आक्रमण भएको बताएक छन् । नेपालका कुनै पार्टीहरु एमालेको जस्तो उचाईमा पुग्न नसक्ने दाबी गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘यतिबेला हामीले सही पोलिटिक्स, नेकपा एमालेको सही पोलिटिक्सको स्केलेटनमा विज्ञताको मांशपेसी भर्नसके मात्रै समृद्धिको सुन्दर तस्बिर बनाउन सकिन्छ । देशलाई समृद्ध बनाउनको लागि यो चिजको आवश्यकता छ । तपाईंहरुले आफ्नो बौद्धिकता प्रयोग गरेर यस हिसावको भुमिका खेल्नुपर्छ । एमालेमाथि अहिले हमला भइरहेको छ । एमालेले पनि कहीँ न कहीँ कमजोरी, गल्ती गरेर यस्तो भयो भन्नुहुन्छ । एमालेमाथि हमलाको कारण ४ वटा छन् । एमाले राष्ट्रिय हित, स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएको छ । नेपालका कुनै पार्टीहरु एमालेको यो उचाईमा पुग्न सक्दैनन्, यो हाम्रो दाबी हो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको परिवर्तन रुस र चीनको जस्तो नभएको र नेपालको परिवर्तन नेपाली विशेषताको परिवर्तन भएको बताए ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?