Trending
>>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल


काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको लिएको सही राजनीतिरुपी शरीरमा विज्ञताको मांशपेशी भर्नसकेमात्रै सुन्दर नेपाल बनाउन सकिने बताएका छन् ।

शनिवार काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेले लिएको उद्देश्यअनुसार अघि बढ्नसके मात्रै देश समृद्ध र सुन्दर बन्ने जिकिर गरे । उनले बुद्धिजीविहरुले आफ्नो ज्ञान बाँडेर मुलुकलाई समृद्ध बनाउनसक्ने बताए । एमालेले विगतमा कमजोरी गरेर अहिले आक्रमण भइरहेको भन्ने नसोच्न आग्रह गर्दै एमालेले लिएका सही अडान र हितमाथि आक्रमण भइरहेको बताए । राष्ट्रिय हित, स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएका कारण एमालेमाथि आक्रमण भएको बताएक छन् । नेपालका कुनै पार्टीहरु एमालेको जस्तो उचाईमा पुग्न नसक्ने दाबी गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘यतिबेला हामीले सही पोलिटिक्स, नेकपा एमालेको सही पोलिटिक्सको स्केलेटनमा विज्ञताको मांशपेसी भर्नसके मात्रै समृद्धिको सुन्दर तस्बिर बनाउन सकिन्छ । देशलाई समृद्ध बनाउनको लागि यो चिजको आवश्यकता छ । तपाईंहरुले आफ्नो बौद्धिकता प्रयोग गरेर यस हिसावको भुमिका खेल्नुपर्छ । एमालेमाथि अहिले हमला भइरहेको छ । एमालेले पनि कहीँ न कहीँ कमजोरी, गल्ती गरेर यस्तो भयो भन्नुहुन्छ । एमालेमाथि हमलाको कारण ४ वटा छन् । एमाले राष्ट्रिय हित, स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएको छ । नेपालका कुनै पार्टीहरु एमालेको यो उचाईमा पुग्न सक्दैनन्, यो हाम्रो दाबी हो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको परिवर्तन रुस र चीनको जस्तो नभएको र नेपालको परिवर्तन नेपाली विशेषताको परिवर्तन भएको बताए ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?