Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम रहेको बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र रहन नसक्ने बताएका छन् । उनले देश र जनता बनाउनुको ठाउँमा नेताहरु धन कमाउने कुरामा ध्यान केन्द्रित गरिरहेको बताए । लोकतन्त्रमा दल नसुध्रिकन नहुने उनको भनाइ छ । महाससचिव भुसालले भारदारहरु र अहिलेका नेताहरुमा कुनै फरक नरहेको बताए । लोकतन्त्रका नेताहरुको विलासी जीवनशैली, व्यवहार नसुधारेसम्म दूरदिन अझै लम्बिने जिकिर गरे ।

महासचिव भुसालले भने , ‘भारदारहरु र हाम्रा नेताहरु फरक छन् साँच्चै ? भन्नसक्छौँ । म गणतन्त्रवादी, मेरा नेता र राजाका भारदारको जीवनमा फरक छैन । तिनले बस्ने कुर्सी, तिनले हिँडने तरिका, तिनका भेटघाट, रातिको भेटघाट, सम्पती । साँच्चै कति कति फरक छ । गणतन्त्रवादीले यो नैतिकताका साथ किन भन्न सकिरहेका छैनन् । दोषी को हो ? यो नखोज्ने हो भने बिरालाको घाँटीमा कसैले घण्टी बाँध्दैनन् । दूरदिन अझै लम्बिएर जान्छ । यो त्यही विचारमा हामीले गरेको कम्परमाइजका लागि विपीले र पुष्पलालले लिएको बदला हो भन्ने लाग्छ । पार्टीहरु पञ्चायत जस्ता भए । अलिअलि छलफल त पञ्चायत, राष्ट्रिय पञ्चायतमा पनि हुन्थे । पार्टीहरुको पञ्चायतीकरण, नेताहरुको राजातन्त्र । गणतन्त्रको एउटा स्टिकर टाँसेर हुने हो की ? हामी धन कमाउनु,धमाउनु आदि इत्यादि काममा हामी गयौँ । लोकतन्त्रमा दल नसुध्रिकन हुँदैन ।’

महासचिव भुसालले भारदारहरु र गणतन्त्रवादीहरु फरक छौँ भनेर नैतिकताका साथ गणतन्त्रवादीहरुले भन्न नसक्ने बताए।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?