Trending
>>   प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रको मात्रै भएः उपेन्द्र यादव >>   सदन अवरुद्ध गर्नु भनेको निजामति, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु होः अध्यक्ष दाहाल >>   नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छः महासचिव भुसाल >>   निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छः सभामुख घिमिरे >>   न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति, न्याय परिषद्लाई संसदीय समितिमा बोलाउन माग >>   सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई शुरु >>   विद्यालय शिक्षा संविधानतः स्थानीय सरकारको क्षेत्राधिकारभित्र जान्छः मन्त्री पन्त >>   बाध्य भएर सरकार र आन्दोलनकारी शिक्षकसँगको सम्झौतामा हस्ताक्षर गरेँः शिक्षा समिति सभापति थापा >>   समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेश गर्न समस्या आउनसक्छः एमाले सांसद राई >>   जिम्मेवार पक्षसँगको छलफलपछि प्रतिवेदनलाई अन्तिम रुप दिएका हौँः संयोजक विश्वकर्मा
Logo
३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

कहिले-कहिले अराजनीतिक कदम पनि चाल्नुपर्छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले पार्टीलाई बचाउन नेकपा कालमा केही अराजनीतिक कदम चाल्नुपरेको बताएका छन् ।

शनिवार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाविधेशनलाई सम्बोधन गर्दै उनले एमाले पार्टी फुटाउन तत्कालीन समयमा देशी विदेशी शक्तिहरु लागिपरेको भन्दै आफूले एमालेलाई सकिनबाट जोगाएको जिकिर गरेका छन्। तत्कालीन समयमा कुन कदम अराजनैतिक थियो भन्नेकुरा भने स्पष्ट पारेनन् । उनले नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी फुटाएर गएर एकीकृत बनाउने भन्दै टिप्पणी गरेका छन् । उनले एकता अभियानका संयोजक वामदेव गौतमप्रति कटाक्ष गर्दै पार्टी एकजुट राख्नेतिर नउभिने, पार्टी फुटाउन हुँदैन भन्नेतिर नउभिने अनि एकता अभियान चलाउने भनेर फुस्रो नारा दिँदै विभाजनमा मद्दत गरेको आरोप लगाउदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपा कालमा अध्यक्ष भएर पार्टी फुटाउने काम गर्नुभएको आरोप लगाएका छन् । उनले तत्कालीन सभामुख अग्नि सापकोटाले पनि सभामुख भएर असंवैधानिक कदम चाल्नुभएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी विभाजित हुन हुँदैन । यो सबै जातजातका कुरा,धर्म धर्मका कुरा, भाषा, भाषामा, भूगोल भूगोलमा, खोला वारी र पारीमा, भिरोलो र सम्ममा बस्ने । गैराबारी र डाँडाघरेका बीचमा । यो त खोलावारी खोलापारी । यताबाट पनि काली पारी, उताबाट पनि काली पारी । उताकोले यताकोलाई खराब भन्छ, यताकाले उतकोलाई भन्छ । यस्तो किन गरे भन्दा देशलाई अहिल गर्नको लागि । त्यस बेलामा हामीले राष्ट्रिय एकताको अभियान चलायौँ । अहिले पनि गर्नेछौँ । नेकपा एमाले सिध्याउने देशी, विदेशीको एउटै उद्देश्य थियो । त्यसमा नसकेपछि त्यसको वाहक पार्टीभित्रकै नेता भएनन् । प्रचण्ड नै हो पार्टी फुटाउने । सभामुख भएर गर्नसम्म गर्ने तिनै अग्नि सापकोटा हुन् । असंवैधानिक ढंगले चल्ने । यिनीहरु नै त हुन् नि । माधव नेपाल, झलनाथ खनाल । पार्टी फुटाउने बेलामा वामदेव गौतम राष्ट्रिय एकताको महाअभियान चलाउने अरे । पार्टी फुटाका फुटाइ छन्, एकताको महाअभियान अरे । पार्टी एकजुट राख्नेतिर नउभिने, पार्टी फुटाउन हुँदैन भन्नेतिर नउभिने अनि एकता अभियान चलाउन हुँदैन भन्ने । फुस्रो नारा दिएर विभाजनमा मद्दत पु¥याउने । पार्टी फुटाउने अनि एकीकृत पार्टी भन्ने । नाम एकीकृत राख्ने । माधव नेपालको पार्टीको नाम हेर्नुस् त । पार्टी फुटाएर गएर एकीकृत बनाउन खोजेको हो त्यो । पार्टी भित्रकै मान्छेहरु । पहिला पनि तल कार्यकर्ताबाट समस्या परेको होइन, मञ्चासिनहरुबाट परेको हो । छेउमा बस्ने अध्यक्ष, पार्टी नफुटाइ नसक्ने । अर्को पूर्वअध्यक्ष, अर्को एकल अधिकार सम्पूर्ण भएका बेलाको १५ वर्षको महासचिव । अर्को उपमहासचिव, उपाध्यक्ष, अर्को उपाध्यक्ष, अर्को स्थायी कमिटी सदस्य । त्यो भन्दा तलका पार्टी नफुटाउँ भन्थे । तर के गर्नु कसैसँग साइनो पर्छ । कसैसँग छिमेकी पर्दिन्छ, कोही साथीभाई संगी पर्छ । यस्तो कुराले पनि केही वचन हार्न सकिन भनेका भरमा पनि जान्छन् । यस्ता कुराले अराजनीतिक कदम पनि कहिले कहिले चालिन्छ । केही मान्छे एकातिर झुण्ड हुन्छन् । पहिला त्यस्तै हो ।’

प्रधानमन्त्री ओलीले नेपालीहरु विभाजित हुन नहुने बताएका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?