Trending
>>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शिर्ष नेताहरुले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै अहिलेका असन्तुष्टिहरु हट्ने बताएका छन् ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले शिर्ष राजनीतिक दलका शिर्ष नेताहरुले आजकै दिनबाट आफ्नो तहबाट विश्राम लिन्छाँ भनेको दिनदेखि नै अहिले भइरहेका आन्दोलनहरु हराउने दाबी गरे । उनले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्दा अहिलेको समस्या लामो समयदेखि एउटै अनुहार शासन सत्तामा देखिनु रहेको बताएका हुन् । राजनीतिक दलहरुका नेताहरुले नेतृत्वबाट विश्राम लिन नसक्नु नै लोकतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको बताए ।

महामन्त्री थापाले भने, ‘हामीले गणतान्त्रिक संस्कृतिको कुराकानी गयौँ । अहिलेको समस्या भनेको राजनीतिक दलहरुमा विरलै मात्र हुन्छ होला । यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भुमिकामा, एउटै अनुहारमा देखिरहेका छाँै । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या यही हो । नेपालका ठूला पार्टीका ठूला नेताहरुले रेस्पेक्ट गर्छु म उहाँहरुलाई । आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनबाट आजै बेलुकाबाट यो आन्दोलन झर्छ । भोलिबाट सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन । त्यसको सबै सुध्रिन्छ भन्ने होइन । त्यो भन्दा धेरै समस्या छन् ।’

महामन्त्री थापाले शिर्ष नेताहरुले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान भने नहुने तर धेरै समस्या बुझेर समाधान गर्न सकिने बताएका छन्।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?