Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ललितपुर महानगरपालिकाले २४ जनालाई दियो विपद् उद्धार सम्बन्धी तालिम


ललितपुर। ललितपुर महानगरपालिकाले मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै २४ जनालाई विपद् उद्धार सम्बन्धी तालिम दिएको छ ।

सरदर भन्दा बढी वर्षा र गर्मी हुने विज्ञहरुको अनुमानसँगै सरकारले विपद् उद्धारका लागि तालि लगायतको आवश्यक प्रवन्ध शुरु गरिसकेको छ । ललितपुर महानगरपालिकाबाट राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले केही दिनअघि मात्रै विपद् उद्धार तालिम शुरु गरेको थियो । विपद् उद्धार सम्बन्धी तालिम समापन कार्यक्रममा बोल्दै ललितपुर मेयर महर्जनले २४ जनाले लिनुभएको विपद्सम्बन्धी तालिमले भविष्य राम्रो हुने बताए । उनले विपद् सम्बन्धी प्रशिक्षणले आगामी दिनमा मनसुनजन्य विपद्का बेलामा आइपर्ने समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् । उनले विपद्सम्बन्धी तालिम अब नरोकिने पनि स्पष्ट पार्दै बजेट निर्माणको चरणमा आफूहरु रहेको र तालिमका कार्यक्रमहरु राख्न उचित समय रहेको बताए ।

मेयर महर्जनले विपद् आइसकेपछि गर्नुपर्ने उद्धारका कुरामा महानगरले आवश्यक तयारी गरिरहेको पनि जानकारी गराउदै विपद्सँग लड्न प्रत्येक वडामा विपद्सम्बन्धी तालिम लिएको युवा जनशक्ति आवश्यक हुने बताएका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?