Trending
>>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको थिएनः नेतृ झाँक्री


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रमाथि प्रश्न उठाउने समय नभएको बताएकी  छिन् ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिव १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने बारेमा सोच्न जरुरी रहेको बताएकी हुन् । उनले गणतन्त्र ल्याउँदा आफूहरुले गरेका प्रतिवद्धताका बारेमा बुझाइहरु एउटै नभएको पनि बताएकी हुन् । गणतन्त्रलाई विवादित बनाइएको भन्दै असन्तुष्टि जनाएकी हुन् । यो व्यवस्थामा काम गर्नुपर्छ भन्ने जिम्मेवारीवोध कम गरेको महशुस गरेको बताईन ।

नेतृ झाँक्रीले , ‘गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिव १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने प्रश्न छ । गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन । तर त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिवद्धताका बारेमा हाम्रा बुझाइहरु एउटै थिएनन् । गणतन्त्रलाई यस्तो विवादित बनाइयो । यो व्यवस्थामा हामीले काम गर्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो भन्नेकुरा जिम्मेवारीवोध हामीले कम महशुस गर्यो की । तिलस्मी सपनाहरु बाँडेर मात्रै बस्यौँ, काम गरेनौँ की ?’

नेतृ झाँक्रीले सम्भव नहुने सपना बाँड्न नहुने बताईन ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?