Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको थिएनः नेतृ झाँक्री


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रमाथि प्रश्न उठाउने समय नभएको बताएकी  छिन् ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिव १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने बारेमा सोच्न जरुरी रहेको बताएकी हुन् । उनले गणतन्त्र ल्याउँदा आफूहरुले गरेका प्रतिवद्धताका बारेमा बुझाइहरु एउटै नभएको पनि बताएकी हुन् । गणतन्त्रलाई विवादित बनाइएको भन्दै असन्तुष्टि जनाएकी हुन् । यो व्यवस्थामा काम गर्नुपर्छ भन्ने जिम्मेवारीवोध कम गरेको महशुस गरेको बताईन ।

नेतृ झाँक्रीले , ‘गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिव १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने प्रश्न छ । गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन । तर त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिवद्धताका बारेमा हाम्रा बुझाइहरु एउटै थिएनन् । गणतन्त्रलाई यस्तो विवादित बनाइयो । यो व्यवस्थामा हामीले काम गर्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो भन्नेकुरा जिम्मेवारीवोध हामीले कम महशुस गर्यो की । तिलस्मी सपनाहरु बाँडेर मात्रै बस्यौँ, काम गरेनौँ की ?’

नेतृ झाँक्रीले सम्भव नहुने सपना बाँड्न नहुने बताईन ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?