Trending
>>   १२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित >>   “पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? शक्ति कसको बढी ? पीडा कसको गहिरो ?” >>   नर्सहरुसँग आईसीयूमै बरबराउँदैछन् आलम भन्छन् -“हो मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ?” >>   विदेशीएका विद्यार्थीको मानसिकता बुझाउन: ‘कथा र संवाद: मनका लागि यात्रा’ >>   अडिटरहरूको पहिचान र सम्मानको विषयमा राज्य उदासीनः अध्यक्ष पौडेल >>   बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको छ, कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छः अध्यक्ष चन्द्रप्रसाद ढकाल >>   मधेस प्रदेश सरकारको तीन दिने गणतन्त्र दिवसको कार्यक्रम सम्पन्न >>   मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न सक्नुपर्छः मन्त्री पन्त >>   मुलुकमा द्वन्द्वपीडितको प्रतिनिधित्व गर्ने कोही छैनः पूर्वअध्यक्ष भट्ट >>   आयोगको सूचना सबै पालिकामा पुगोस्ः अध्यक्ष थापा
Logo
१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

कुशासनको जिउँदो नमूना सिंहदरबारको गेटमै देखिन्छ : सांसद प्रकाश ज्वाला


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कुशासनको एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुलुकमा अनियमितता, बेथिति र कुशासन व्याप्त रहेको बताउँदै एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताएका छन् । उनले मन्त्री, सांसद र कर्मचारी प्रवेश गर्ने सिंहदरबारको दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराउदै मन्त्रालयहरू सिंहदरबारभित्र थुपारेर चारतर्फबाट पर्खाल र फलामे गेटले घेरेर जेलजस्तै बनाउने र जनतालाई प्रवेश निषेध गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिएका छन् । उनले गेट पासको लागि नागरिकहरू चर्को घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेका छन् ।

उनले भने, “यति बेला देशमा अनियमितता, बेथिति, कुशासन व्याप्त छ । सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम घुसखोरी छ । प्रधानमन्त्री र मन्त्रीको सम्पती गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति तुरुन्त सार्वजनिक गरियोस् । अहिलेको ठूलो समस्या भनेको कुशासन हो । कुशासनको एउटा जिउँदो नमुना सिंहदरबारको गेटमा देखिन्छ । मन्त्री, सांसद, कर्मचारी प्रवेश गर्ने दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु । मन्त्रालय जति सिंहदरबारभित्र थुपार्ने, सिंहदरबारलाई ४ दिबार र फलामे गेटले घेरेर जेलजस्तै बनाउने अनि जनतालाई प्रवेश निषेध गर्ने कार्य स्वीकार्य छैन । मन्त्रीहरू कालो सिसा भएको गाडीमा भित्र पस्ने, जनता घाममा पसिना चुहाउँदै पासका लागि गेटबाहिर तड्पिनुपर्ने, यो अवस्थाको अन्त्य गरियोस् ।”

उनले प्रधानमन्त्री र मन्त्रीको सम्पती गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्ने प्रश्न गर्दै तुरुन्त सम्पती विवरण सार्वजनिक गर्न माग गरेका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?