Trending
>>   १२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित >>   “पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? शक्ति कसको बढी ? पीडा कसको गहिरो ?” >>   नर्सहरुसँग आईसीयूमै बरबराउँदैछन् आलम भन्छन् -“हो मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ?” >>   विदेशीएका विद्यार्थीको मानसिकता बुझाउन: ‘कथा र संवाद: मनका लागि यात्रा’ >>   अडिटरहरूको पहिचान र सम्मानको विषयमा राज्य उदासीनः अध्यक्ष पौडेल >>   बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको छ, कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छः अध्यक्ष चन्द्रप्रसाद ढकाल >>   मधेस प्रदेश सरकारको तीन दिने गणतन्त्र दिवसको कार्यक्रम सम्पन्न >>   मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न सक्नुपर्छः मन्त्री पन्त >>   मुलुकमा द्वन्द्वपीडितको प्रतिनिधित्व गर्ने कोही छैनः पूर्वअध्यक्ष भट्ट >>   आयोगको सूचना सबै पालिकामा पुगोस्ः अध्यक्ष थापा
Logo
१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः ज्ञानेन्द्र शाही


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभइ छलकपटबाट फालिएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु राम्रो नहुने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै उनले रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने टिप्पणी गरेका छन् । अहिलेका राजनीतिक दलहरुको जन्म विदेशमा भएको बताउँदै उनले यसको प्रमाण राजदुत भइसकेका व्यक्तिको अभिव्यक्तिहरुबाट मिल्ने बताएका छन् ।

प्रमुख सचेतक शाहीले भने, ‘कसैको राजनीतिक आस्थामाथि ठाउँ ठाउँमा प्रश्न भएको छ । अघि यहाँ एक जना माननीयज्युले भन्नुभयो । बाघ होइन भन्नुभयो । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन । तपाईंहरुको यो क्रान्ति केके भन्नुहुन्छ, कहाँबाट आयो भन्नेकुरा त स्पष्ट थाहा छ नि । हरेकको जन्म त विदेशमै भएको हो नि त । चाहे १२ बुँदेको कुरा गर्नुस्, चाहे नेताहरु लुक्ने कुरा गर्नुस्, यो मैले भनेको होइन । पूर्वराजदुतहरुले बोलेका स्टेटमेण्ट हेर्नुस् न । स्वयं भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले संसदमा बोलेको तपाईंहरुले राजा कसरी फाल्नुभयो, विदेशीको आडमा स्पष्ट भन्नुभएको छ । यो संविधान र व्यवस्था त उनीहरुले ल्याइदिएको हो नि त । त्यसैले राष्ट्रवादी भनेको राष्ट्रवादी हुन्छ,बाघ बुढो भएपनि बाघै हो । बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त ? त्यसैले यो देशको इतिहास हो राजसंस्था । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो ।’

प्रमुख सचेतक शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरुले ल्याइदिएको बताएका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?