Trending
>>   बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियोः माओवादी सांसद शर्मा >>   बजेटबारे एमाले सांसद भट्टराईः सकारात्मक र कार्यान्वयनयोग्य छ >>   प्लास्टिक प्रदुषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यकः काँग्रेस सांसद सापकोटा >>   सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग >>   नागरिकता विधेयकः ‘ब्रिटिश गोरखाहरुको हकमा विशेष निर्णय गर्न जरुरी’ >>   पतञ्जली जग्गा सट्टापट्टा प्रकरणः माधवकुमार नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर >>   संसद अब त खुल्नुपर्ने होः सभापति देउवा >>   ‘भिजिटि भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक छ’ >>   घरजग्गा खरिद विक्री गर्दा उच्च पदस्थ व्यक्तिको नातेदार भएपनि खुलाउनुपर्ने >>   सम्पदा क्षेत्रका अनधिकृत गाइडको लाइसेन्स नियमित चेकजाँच गरिनुपर्छः टुर्गान अध्यक्ष देवकोटा
Logo
२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूले घेरे मधेस प्रदेश गृह मन्त्रालय


जनकपुरधाम। मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूले मधेस प्रदेश सरकारअन्तर्गतको गृह मन्त्रालय घेराउ गरेका छन् ।

‘एक शहीद, एक रोजगार’ कार्यक्रम अन्तर्गत प्राप्त रोजगारी खोस्ने तयारी गरिएको आरोप लगाउँदै उनीहरूले गृह मन्त्रालय घेराउ गरेका हुन् । शहीद परिवारका सदस्यहरूले मन्त्रालयमा आफ्ना आवाज नसुनिएको गुनासो गर्दै मन्त्रीहरू भेट्नसमेत नआएको आरोप लगाए । उनीहरूको भनाइअनुसार कतिपय शहीद परिवारका सदस्यहरूलाई डोर हाजिरी र ज्यालादारीमा राखिए पनि नियमित तलव दिइएको छैन । यस्तै बलिदानी दिवसको अवसरमा स्वास्थ्य बीमा कार्यान्वयन गरिने आश्वासन दिइए पनि हालसम्म त्यसमा कुनै प्रगति नभएको उनीहरूको गुनासो छ ।

आन्दोलनरत शहीद परिवारले गृह मन्त्रालयलाई आफूहरुको माग सम्बोधन नहुन्जेल धर्ना जारी रहने बताएका छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?