Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियोः माओवादी सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले अगामी आर्थिक वर्षको बजेटले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना र विगतको बजेट कार्यान्वयनको अवस्थालाई बेवास्ता गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् । उनले तीन खम्बे अर्थनीतिमा सहकारी, सरकारी र निजी क्षेत्रलाई समान ढंगले लैजानुपर्नेमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन तथा सरकारी र सहकारी क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाए । उनले अगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्र उत्साहित भएपनि उपेक्षित क्षेत्र निरुत्साहित भएको बताए । बजेटमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई ओझेलमा पारिएको समेत टिप्पणी गरे ।

उनले भने, ‘बजेटमा सोह्रौँ पञ्चवर्षीय योजना, विगतको बजेट कार्यान्वयनको अवस्थाको कुरालाई बेवास्ता गरिएको छ । तीन खम्बे अर्थनीतिमा सहकारी, सरकारी र निजी क्षेत्रलाई समान ढंगले लैजानुपर्ने हो । निजी क्षेत्रलाई प्रोत्साहित गरिएको छ । सरकारी र सहकारी क्षेत्रलाई बेवास्ता गरिएको छ । बजेटबाट निजी क्षेत्र उत्साहित भएपनि उपेक्षित समुदाय निरुत्साहित भएको देखिन्छ । सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा परेको देखिन्छ । सम्पन्न, मध्यम र पिछडिएको क्षेत्रबीच असन्तुलन छ । संघ प्रदेश र स्थानीय तहको सन्तुलन पनि संकटमा परेको छ । भाषण राम्रो छ वितरण पक्षपाती देखिन्छ । बजेट कार्यान्वयन शुन्यमा जाने अवस्था देखिन्छ ।’

अगामी आर्थिक वर्षको बजेट भाषणमा राम्रो भएपनि वितरण पक्षपाती रहेको शर्माको टिप्पणी छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?