Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियोः माओवादी सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले अगामी आर्थिक वर्षको बजेटले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना र विगतको बजेट कार्यान्वयनको अवस्थालाई बेवास्ता गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् । उनले तीन खम्बे अर्थनीतिमा सहकारी, सरकारी र निजी क्षेत्रलाई समान ढंगले लैजानुपर्नेमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन तथा सरकारी र सहकारी क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाए । उनले अगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्र उत्साहित भएपनि उपेक्षित क्षेत्र निरुत्साहित भएको बताए । बजेटमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई ओझेलमा पारिएको समेत टिप्पणी गरे ।

उनले भने, ‘बजेटमा सोह्रौँ पञ्चवर्षीय योजना, विगतको बजेट कार्यान्वयनको अवस्थाको कुरालाई बेवास्ता गरिएको छ । तीन खम्बे अर्थनीतिमा सहकारी, सरकारी र निजी क्षेत्रलाई समान ढंगले लैजानुपर्ने हो । निजी क्षेत्रलाई प्रोत्साहित गरिएको छ । सरकारी र सहकारी क्षेत्रलाई बेवास्ता गरिएको छ । बजेटबाट निजी क्षेत्र उत्साहित भएपनि उपेक्षित समुदाय निरुत्साहित भएको देखिन्छ । सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा परेको देखिन्छ । सम्पन्न, मध्यम र पिछडिएको क्षेत्रबीच असन्तुलन छ । संघ प्रदेश र स्थानीय तहको सन्तुलन पनि संकटमा परेको छ । भाषण राम्रो छ वितरण पक्षपाती देखिन्छ । बजेट कार्यान्वयन शुन्यमा जाने अवस्था देखिन्छ ।’

अगामी आर्थिक वर्षको बजेट भाषणमा राम्रो भएपनि वितरण पक्षपाती रहेको शर्माको टिप्पणी छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?