Trending
>>   प्राकृतिक प्रकोपले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजन सफल हुन सकेको छैनः मन्त्री… >>   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२ औं संस्करण पोखरामा >>   सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने >>   गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री दाहाल >>   काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली >>   नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा >>   विमलेन्द्र निधीको आरोपः कम्युनिष्टहरु संघीयतामा विश्वास गर्दैनन् >>   एमालेलाई भण्डारीले भनिन्ः मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन >>   नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त >>   एमालेलाई पूर्वराष्ट्रपति भण्डारीले भनिन्ः यो परिपक्व निर्णय भएन
Logo
९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

सम्पदा क्षेत्रका अनधिकृत गाइडको लाइसेन्स नियमित चेकजाँच गरिनुपर्छः टुर्गान अध्यक्ष देवकोटा


काठमाडौँ। टुरिष्ट गाइड एशोसिएशन अफ नेपालका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक गाइडका रुपमा काम गर्ने पथ प्रदर्शकलाई संघीय मन्त्रालय मातहत राखिनुपर्ने बताएका छन् ।

बिहीवार आयोजित नवौं राष्ट्रिय टुरिष्ट गाइड सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष देवकोटाले हाल प्रदेश मातहत राखिँदा अन्य प्रदेशमा गएर काम गर्न असजिलो हुने भएकाले संघीय मन्त्रालयअन्तर्गत राख्नुपर्ने बताएका हुन् । उनले सम्पदा क्षेत्रहरुमा अनधिकृत गाइड कायमै रहेकोले त्यसलाई रोक्नका लागि पर्यटक प्रहरी र सम्पदा क्षेत्रका अधिकारीहरुले नियमित टुरिष्ट गाइडको लाइसेन्स चेकजाँचको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले नेपालका विभिन्न संघसंस्थामा कार्यरत विदेशी पाहुनाहरुलाई समेत पर्यटक पथ प्रदर्शकहरुबाट नै सम्पदा क्षेत्रको अवलोकन गरिने परिपाटी विकास गर्न सरकारलाई आग्रह गरे । ऐनमा व्यवस्था भएअनुसार दण्ड तथा पुरस्कार कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष देवकोटाले नेपालको कल्चरल एम्बासडर मानिने पर्यटक पथ प्रदर्शकलाई कुराले मात्र नभई व्यवहारमा पनि पर्यटन क्षेत्रको एक अभिन्न अंगका रुपमा स्वीकार्नुपर्ने स्पष्ट पारे ।

उनले भने, ‘पथ प्रदर्शकहरुको सम्मान र पहिचान, दीगो र गुणस्तरीय हाम्रो योगदान भन्ने मूल नारासहित यो सम्मेलन आयोजना गरेका छौं । पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड हो र पर्यटक गाइडको रुपमा हामीले पर्यटक आगन्तुकहरुलाई देशको मूर्त, अमूर्त कला संस्कृतिको अनुभव र धारणालाई आकार दिन महत्पवपूर्ण भुमिका खेल्दै आइरहेका छौं । यो सम्मेलनले ज्ञान र विचार आदानप्रदान गर्न र पर्यटन उद्योगमा रहेका नविनतम प्रविधि र चुनौतिहरुबारे छलफल गर्न अमूल्य प्लेटफर्म प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु । यो अवसरको सदुपयोग गर्दै हाम्रा केही अपेक्षाहरुका बारेमा केही कुरा राख्नु उपयुक्त हुन्छ भन्ने मैले ठानेको छु । विशेषतः देशभरका पर्यटकीय क्षेत्रहरुमा पर्यटक गाइडको रुपमा काम गर्ने भएकाले पर्यटक पथ प्रदशकलाई प्रदेश मन्त्रालयअन्तर्गत राखिएको छ यसलाई संघीय मन्त्रालयअन्तर्गत राख्न उपयुक्त देखिन्छ । प्रदेशमा राखिँदा पछि अन्य प्रदेशमा गएर काम गर्न असजिलो पर्न सक्छ । सम्पदा क्षेत्रहरुमा अझैपनि अनधिकृत गाइड कायमै छ । त्यसलाई रोक्न पर्यटक प्रहरी र सम्पदा क्षेत्रका अधिकारीहरुले स्वचालित तथा नियमित टुरिष्ट गाइडको लाइसेन्स चेकजाँचको व्यवस्था गरिनुपर्दछ । अहिले पर्यटक प्रहरी र टुर गाइडको सहकार्यमा यो काम गरिरहेका छौं । यसलाई पर्यटक प्रहरी र नगर प्रहरीबाट चेकजाँचको व्यवस्था गरिनु उपयुक्त हुन्छ । नेपालका विभिन्न सरकारी संघसंस्थामा कार्यरत विदेशी पाहुनाहरुलाई समेत पर्यटक पथ प्रदर्शकहरुबाट नै सम्पदा क्षेत्रको अवलोकन गरिने परिपाटीको विकास गरिनुपर्दछ । ऐनमा व्यवस्था भएअनुसारको दण्ड तथा पुरस्कारको कार्यान्वयन गरिनुपर्दछ । नेपाल सरकार तथा पर्यटन बोर्डबाट देश तथा विदेशमा हुने पर्यटन प्रवद्र्धनका कामहरुमा पर्यटक पथ प्रदशकहरुको पनि विज्ञको रुपमा सहभागिता गराउनु पर्दछ । नेपालको पर्यटन क्षेत्रको विकास गर्न नेपाल भित्र गठन हुने विभिन्न पर्यटन सम्बन्धी संघसंस्थाहरुमा यथासम्भव टुर गाइडसँग सहकार्य तथा समन्वय गरी पर्यटक पथ प्रदशकहरुलाई पनि सहभागी गराउनु पर्दछ । नेपालको कल्चरल एम्बाडसर मानिने पर्यटक पथ प्रदर्शकहरुलाई कुराले मात्र नभई व्यवहारले पनि पर्यटन क्षेत्रको एक अभिन्न अंगका रुपमा स्वीकारी उनीहरुलाई नियमित पुनःताजगी तालिम, उपयुक्त अवसर र व्यवसायिकता प्रदान गर्ने सुनिश्चितता प्रदान गरिनुपर्दछ । यी र यस्तै विषयहरुमा सम्बन्धित मन्त्रालयको ध्यान जानेछ भन्ने हामीले विश्वास लिएका छौं । हामी गाइडहरुको समय सापेक्ष आपूmलाई परिवर्तन गर्नुपर्ने महशुस गरेका छौं र हामीभित्र रहेको कमीकमजोरीहरुलाई हटाउनका लागि प्रयासरत रहने छौं ।’

उनले गाइडहरुले समय सापेक्ष आपूmलाई परिवर्तन गर्नुपर्ने महशुस गरेको र आफुभित्र रहेका कमी,कमजोरी हटाउन प्रयासरत रहेको जानकारी दिए ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?